Day: ४ मंसिर २०७७, बिहीबार २२:२०

आजको राशिफल : २०७७ मंसिर ५ गते (२०२० नोभेम्बर २०) शुक्रबार

मेष  महिला मित्रबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ ।  वृष रचनात्मक काममा सफलता मिल्नेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । साथीहरुको सहयोग मिल्नेछ । सुखद समाचार सुन्न पाइनेछ । मिथुन  जोश र जाँगर बढ्नेछ । आँटेको काम पूरा हुनेछ । परिवारमा खुशी छाउनेछ । कला तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्य सम्बन्धि सानो समस्याले सताउन सक्नेछ । कर्कट  हरेक काममा सफलता मिल्नेछ । भ्रमणको योग रहेको छ । खर्च बढ्नेछ भने आम्दानीमा पनि वृद्धि हुनेछ । साथीहरुसंग सम्बन्ध अझ नजिक र बलियो...

Read More

ट्यांकरभित्र ‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, १५ लाख जरिवाना

काठमाडौं- नेपाल आयल निगमको पेट्रोल ढुवानी गर्दै आएका २ वटा ट्यांकरमा अवैध रुपमा ‘फल्स चेम्बर’ (बाहिरबाट नदेखिने छुट्टै कोठा) बनाएर पेट्रोलियम पदार्थ चोरी भएको तथ्य सार्वजनिक भएको हो । ‘फल्स चेम्बर’ जडान गरेर पेट्रोल चोरी भएको तथ्य खुलेपछि निगमले  २ वटा ट्याक्करलाई १५ लाख जरिवाना तिराउने भएको छ। फल्स चेम्बर जडान गरिएका २०-२० हजार लिटर क्षमताका बिर वेताल आर्शिवाद कम्पनी प्रालिका ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरका दुई वटा ट्यांकरलाई निगमको प्रचलित नियमावली बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए। ती ट्यांकरले बाहिर र भित्रबाट हेर्दा सजिलैसँग पत्ता लगाउन नसकिने बनाई वेल्डिङ्ग...

Read More

तीन वर्षीया बालिकाको हत्या

मकवानपुर- मकवानपुरको बागमतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ ।उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । बागमती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा...

Read More

शान्ति सम्झौता १४ वर्ष पूरा, दण्डहीनताको स्थिति अन्त्य गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार संक्रमणकालीन न्यायका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ ।  आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विस्तृत शान्ति सम्झौता १४ वर्ष पूरा भएको अवसरमा बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमणकालीन न्यायका संयन्त्रसँग सम्बन्धित कानून मानव अधिकारसम्बन्धी अन्तरराष्ट्रिय मूल्यमान्यता पालना गरी आयोगले गरेका सिफारिस तथा सर्वोच्च अदालतको निर्णय अनुकूल हुने गरी संशोधन गरेको छ ।      आयोगले पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठहर गरेका मानव अधिकार उल्लङ्घनकर्तालाई कानूनबमोजिम कारवाहीको दायरामा ल्याई दण्डहीनताको स्थिति अन्त्य गर्न आयोग सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह...

Read More

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यस्तै क्यानको २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ । क्यानले २०७६/७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबिएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ । आव २०७७/७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि...

Read More