Day: ३ मंसिर २०७७, बुधबार २२:०१

आजको राशिफल: २०७७ मंसिर ४ गते (२०२० नोभेम्बर १९) बिहिबार

मेष खर्च बढ्नेछ । अनुमानका भरमा लगानी गर्नाले लगानीबाट घाटा व्यहोर्नुपर्नेछ । चिन्ता बढ्नेछ । वृष खर्च बढ्नेछ । जीवनसाथीसंग झगडाको सम्भावना रहेको छ । आफ्ना सहकर्मीहरुसंग काम गर्दा होस् पुर्याउनु पर्नेछ । मिथुन   समाजसेवामा रुची बढ्नेछ । मानसम्मान प्राप्त हुनेछ । घर परिवारमा खुशी छाउनेछ । आत्मसन्तुष्टि बढ्नेछ । कर्कट स्वास्थ्यमा खराबी देखिनेछ । आर्थिक लाभ मिल्नेछ । यात्राले थकान र तनाव बढाउने समय रहेको छ । सिंह व्यापारमा साझेदारीबाट घाटा हुनेछ । तनाव रहने समय छ । सोंचे अनुसार काम बन्ने छैनन् । त्यसैले कामलाई थाति राखेर भेटघाट तथा रमाइलो गर्नु उचित रहनेछ । कन्या खर्च...

Read More

प्रधानमन्त्री ओलीलाई अब पदबाट हटाउनैपर्छ : डा. भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई आफ्नै पार्टीले यति धेरै आरोप लगाइसकेपछि पदबाट हटाउनैपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै बताएका हुन् । उनले लेखेका छन्, “नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य–जनताका मुद्दा प्रतिपक्षी दल–जनताले उठाउनैपर्छ हैः १. राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । २. ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ...

Read More

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा आज दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका–२ का ट्र्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु ४ त ६५४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो । ट्र्याक्टर चालक खोक्लिङका कृष्ण थापा फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्र्याक्टरमा सवार चालक थापाका छोरा पाँच वर्षीय किर्जम थापा भने घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको बताइएको छ ।...

Read More

उत्साहजनक छैन सौराहाको पर्यटन व्यवसाय

३ मंसिर,सौराहा दसैँ बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै देखिएका छन् । दसैँ टीकाको भोलिपल्टदेखि केही दिन आवासीय पर्यटकसमेत रहेको भए पनि बिदा सकिएसँगै पर्यटक पनि घटेका हुन् । तिहारको बिदामा पर्यटक आउने अपेक्षा गरेका व्यवसायी निराश बनेका छन् । दसैँको चहलपहलसँगै अधिकांश होटल खुलेका छन् । सबै होटलमा कामदार कर्मचारी काममा आएका छन् । पर्यटक नहुँदा सञ्चालन खर्च धान्नसमेत कठिन भएको व्यवसायी  बताउन थालेका छन् । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार दिनमा घुम्न आउने पर्यटक रहे...

Read More

नेपाललाई विश्व बैंकको ४२ अर्ब सहयोग

काठमाडौँ– नेपाललाई विश्व बैँकले ४२ अर्ब रूपैयाँ आर्थिक सहयोग गर्ने गरी दुई सम्झौतामा हस्ताक्षर भएको छ । शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर  भएको हो । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी सम्झौतामा  अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय  निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । अर्थ मन्त्रालयमा आज हस्ताक्षरपछि  जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार १५ करोड अमेरिकी डलर (करीब रु १८ अर्ब) बराबरको नेपाल शहरी शासकीय...

Read More