Day: २ मंसिर २०७७, मंगलवार २२:३९

आजको राशिफल : २०७७ मंसिर ३ गते (२०२० नोभेम्बर १८) बुधबार

मेष  व्यवसायमा सफलता मिल्नेछ । धनलाभ हुनेछ । शत्रु बढ्ने योग रहेको छ । सोंचेको कार्य सफल हुनेछ । वृष शत्रुमाथी विजय हासिल हुनेछ । व्यावसायिक काममा सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्नेछ । यात्राको योग रहेको छ । मिथुन  आकस्मिक लाभ हुनेछ । महत्वाकांक्षा पूरा हुनेछन् । कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ । कर्कट  कानुनी प्रस्तिस्पर्धामा जित हासिल हुनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । सोंचे अनुरुप सफलता मिल्नेछ । धनलाभ हुनेछ । सिंह  आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । नयाँ कामको सुरुवातको लागि शुभ समय रहेको छ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । कन्या  आत्मविश्वास बढ्नेछ । काममा...

Read More

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी डिस्चार्ज

काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी डिस्चार्ज भएका छन्।अघिल्लो मंगलबार राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले आज डिस्चार्ज गरेको हो। पेटको दीर्घकालिन रोगले ग्रस्त केसी निमोनिया र डायरियाबाट पीडित भएपछि पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको...

Read More

चार करोडको कपास थन्कियो

बाँके, २ मङ्सिर  जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास छ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ । समितिले कृषकबाट खरिद गरी प्रसोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब रु चार करोड मूल्यबराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो । पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो । सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उहाँको...

Read More

परीक्षण कम भएसँगै सङ्क्रमित घटे

काठमाडौँ, २ मङ्सिर  पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् । सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् । यस्तै ३० हजार ९८६ सक्रिय सङ्क्रमित रहेका छन् । आज देखिएका सङ्क्रमितमध्ये ३३९ जना उपत्यकाका छन् । तिमध्ये १४६ जना...

Read More

दोस्रो दिन भाइटीकासँगै सकियो तिहार

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कूल परम्परा रहेकाले सो समूहका दाजुभाइले आज दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज...

Read More