Day: १ मंसिर २०७७, सोमबार २३:३५

आजको राशिफल : २०७७ मंसिर २ गते (२०२० नोभेम्बर १७) मंगलबार

मेष काम बिना अवरोध सुचारु हुनेछन् । ठूलो सम्झौताको कामले अन्तिम रुप लिनेछ । प्रिय व्यक्तिहरुसंग भ्रमणमा गइनेछ । मनमा शान्ती छाउनेछ ।  वृष  विद्यार्थीहरुले कडा मिहिनेत गर्नुपर्ने समय छ । रोजगारीका अवसरहरु मिल्नेछन् । अरु व्यक्तिहरुसंग निर्भर रहेर निर्णय गर्नाले समस्या निम्तिनेछ । परिवारका महिला सदस्यको सहयोगले काम सम्पन्न गर्न सकिनेछ ।  मिथुन  व्यवसायमा राम्रा अवसरहरु मिल्नेछन् । वरिष्ठ व्यक्तिको सहयोगले काम बन्नेछ । विचारको आदान प्रदानले गर्दा बौद्धिक क्षमतामा वृद्धि हुनेछ । चल अचल सम्पत्तिको बारेमा आज निर्णय नलिनु उचित हुनेछ ।  कर्कट  कानुनी काममा सावधानी अपनाउनुपर्ने समय छ । धार्मिक कामको लागि खर्च बढ्नेछ । साझेदारीको...

Read More

जबरजस्ती करणीका अधिकांश घट्ना बनावटी

डोटी, १ मङ्सिर  जिल्लामा पछिल्लो चार महिनाको आवधीमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो सयम जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जबरजस्ती करणीमा परिणत हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाले दिएको जानकारी अनुसार यो आर्थिक वर्षको श्रावण महिनादेखि हालसम्म कूल ११ जबरजस्ती करणीका जाहेरी मुद्धा दर्ता भएका छन् । तीमध्ये चार÷पाँच मुद्धाका घटना सहमतिमा सबै काम भएका तर पछि जबरजस्ती करणीमा परिणत प्रकृतिका रहेका छन् । गत वर्ष जिल्लामा कम्तिमा पनि छ वटा यस्तै प्रकृतिका मुद्धा दर्ता भएको पाइएको...

Read More

संखुवासभा हवाई फायर अपडेट : प्रहरीको कारवाहीबाट भागे चन्द समूहका कार्यकर्ता, प्रहरी परिचालन

किमाथांका । संखुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए । प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको उनले बताए । प्रहरी परिचालन त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए। घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म...

Read More

पूर्वगाविस अध्यक्षको निधन

दमक । मोरङको साविक मधुमल्ला गाविसका पूर्वअध्यक्ष काशीनाथ पौडेलको आज निधन भएको छ । ७० वर्षीय पौडेलको उपचारका क्रममा दिउँसो काठमाडौंमा निधन भएको हो । पेटमा समस्या भएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियोे । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो । पौडेल दमकका सहकारी संस्थाद्धारा सञ्चालित अन्तरसंस्था बहुद्धेश्यीय कृषि उद्योग केन्द्रका अध्यक्षसमेत थिए ।...

Read More

मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

महेन्द्रनगर, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा सोमबार दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र यहाँको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पतालमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले बताउनुभयो...

Read More