Day: २९ कार्तिक २०७७, शनिबार ०९:४५

अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लगातार पन्ध्रौँ दिन

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ। भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको आज लगातार पन्ध्रौँ दिन हो। भिक्टोरियामा शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा १४ हजार ६ सय १४ जनामा कोरोना परिक्षण गरिएको थियो। त्यस्तै, भिक्टोरियामा अब कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन मात्र रहेको छ। Yesterday there was 0 new cases and 0 lives lost. Three active cases remain, 1 with unknown source. There were 14,614 test results received – thanks to all who were tested #EveryTestHelps #StaySafeStayOpenhttps://t.co/pcll7ySEgz#COVID19Vic pic.twitter.com/ZGiuIqjNKy— VicGovDHHS (@VicGovDHHS) November 13,...

Read More

लक्ष्मीका पाइला कसरी बनाउने ? यस्तो छ सजिलो तरिका (भिडियो)

हिन्दु धार्मिक परम्परा अनुसार, तिहारको तेस्रो दिन लक्ष्मीपूजा गर्ने गरिन्छ । लक्ष्मी पूजाको दिनमा घर सफा गरि, घरलाई सुन्दर बनाइन्छ र धुमधामका साथमा धनकी देवी मानिने लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ । लक्ष्मी आफ्नो घरमा भित्रिउन् भन्नका लागि लक्ष्मी पूजाको राती सबैतिर झिलिमिली पार्ने, घरमा प्रवेश गर्ने बाटो खुला राख्ने गरिन्छ । यसका साथै लक्ष्मीलाई स्वागत स्वरुप लक्ष्मीका पाइला बनाउने गरिन्छ । लक्ष्मीका पाइला घरभित्र सम्म पुर्याउंदा आफूले लक्ष्मी भित्र्याएको विश्वास गर्ने चलन छ । लक्ष्मीका पाइला बनाउँदा पीठो, रातो रंग र पानीको आवश्यकता पर्छ । थोरै पानीमा राखेर पीठो केहि भिजाइञ्छ । पीठो आफ्नो हातमा लाग्ने किसिमको हुनुपर्छ...

Read More

आज कुकुर तिहार र दिउँसोपछि लक्ष्मीपूजा

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई उनी आउने...

Read More

पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर ओलीमा व्यक्तिवादी, एकाधिकारवादी र गुटवादी सोच रहेको आरोप लगाएका छन्। उनले पार्टी र सरकारका सम्बन्धमा तालमेल र समन्वयको अभाव रहेको जनाएका छन्। ‘पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो छ। हाम्रो आजको संवैधानिक र राजनीतिक व्यवस्थाअन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यावहारिक निरुपण हुन सकिरहेको छैन।...

Read More

खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी

नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ। खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ। महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता नगरी प्रयोग गर्न पाइने गरी आवश्यक कानुनी व्यवस्था संशोधन गर्न आवश्यक छ। नेपालले निम्न तथा मध्यम आय भएका राष्ट्रले पाउने सुविधाअन्तर्गत खोप पाउनका लागि विश्व स्वास्थ्य संगठनलगायत अन्य निकायसँग लगातार सम्पर्कमा रहेको र आवश्यक प्रक्रिया अगाडि बढाएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्। अर्काेतिर निजी क्षेत्रलाई खोप आयात गर्न दिन पनि कानुन संशोधन आवश्यक छ। स्मरणीय छ, अन्तरिम नतिजामा ९२ प्रतिशत सफल दाबी गरिएको रुसी खोप...

Read More