Day: २८ कार्तिक २०७७, शुक्रबार २२:१६

आजको राशिफल: २०७७ कार्तिक २९ गते (१४ नोभेम्बर) शनिबार

मेषकठीन परिस्थितिको सामना गर्नुपर्नेछ । आर्थिक स्थिति अस्थिर रहनेछ । शत्रु तथा प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गरेतापनि कुटनीतिक प्रयासले समय आफ्नो पक्षमा पार्न सकिनेछ । वृषप्रेम सम्बन्ध सुमधुर रहनेछ । व्यवसायमा प्रगति हुनेछ । आर्थिक लाभ हुनेछ । मिथुनकाममा विभिन्न कठिनाई आउनेछन् । व्यापार निराशाजनक हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । कर्कटसामाजिक समारोहमा सहभागी भइनेछ । नोकरीमा नयाँ अवसरहरु मिल्नेछन् । आर्थिक पक्ष सबल रहनेछ । सिंहसोंचे अनुसार काम नबनेतापनि दिन सकारात्मक बित्नेछ । आर्थिक लाभ मिल्नेछ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ । कन्याआम्दानी बढ्नेछ । विद्यार्थीहरुको पढाईमा प्रगति हुनेछ । नातेदारका कारण केही समस्या उत्पन्न हुन सक्नेछ ।...

Read More

जानिराखौँ युवतीहरूले कस्ता युवक मन पराउँछन्

एजेन्सी- कुनैपनि युवतीलाई युवक र युवकलाई युवती प्रति आकर्षण हुनु सामान्य कुरा हो ।युवतीहरूले पहिलो पटक कोहि युवकलाई हेर्दा विभिन्न कुराहरूमा विशेष ध्यान दिने गर्दछन् । अध्ययन अनुसार कतिपय केटाहरूलाई लुगा लगाउने ढंगदेखि लिएर शरीरको फिटनेस तथा तरिका बिनै लगाएको पोसाकले झनै नराम्रो देखिरहेका हुन्छन् । युवतीहरूको आँखा  युवकको कपाल, दाह्री ,जुँगा र शरीरपछि युवकले लगाएको लुगा तथा फेसनमा जाने गरेको यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनमा उल्लेख गरिएको छ । युवतीहरू युवकहरुको तुलनामा लुगा तथा फेसनमा धेरै चासो दिने त्यसबारे जानकारी राख्ने हुँदा उनीहरूलाई त्यस्तो कुरामा धेरै चासो हुने गरेको अध्ययनको निस्कर्ष छ । युवतीहरूको आँखा, कपाल, ओठ,...

Read More

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण

काठमाडौं । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । बिहीवार गरिएको आरटी पीसीआर नमूना परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । डाक्टर केसीलार्य ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको बताइएको छ । अहिले डाक्टर केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ...

Read More

बेवारिसे नवजात शिशुको उद्धार

सप्तरी । बोदे बरसाईन नगरपालिका–५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा आज एक नवजात शिशु जिवित फेला परेको छ । टाउकोदेखि पेटसम्मको भाग बालुवामा गाडिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारका लागि शिशुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको छ । राजविराज अस्पतालले प्राथमिक उपचार पश्चात रेफर गरेपछि आज साँझ शिशुलाई उपचारार्थ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालको प्रहरी बिटका प्रहरी हवल्दार रामशङ्कर यादवले जानकारी दिए । स्थानीयले शिशुबारे जानकारी गराएसँगै घटनास्थल पुगेको प्रहरी टोलीले शिशुलाई बालुवाबाट निकाली उद्धार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अयोधिशरण यादवले...

Read More

कोरोना विशेष आइसोलेशन सेन्टर बन्द गरिने

राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालित कोरोना विशेष देउखुरी आइसोलेशन सेन्टर आगामी मङ्सिर १ गतेदेखि बन्द हुने भएको छ । गाउँपालिकाको मौरीघाट दाङस्थित आइसोलेशन सेन्टर रहेको भवन प्रदेशसभाको हिउँदे अधिवेशन तयारीका लागि आवश्यक पर्ने भएकाले बन्द गर्न लागिएको हो । चार वटै स्थानीय तहले आआफ्ना पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गर्ने गरी सो सेन्टर बन्द गर्ने निर्णय गरिएको हो । सेन्टर सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, लमही नगरपालिकाका उपाध्यक्ष देवका बेल्बासे, गढवा र राजपुर गाउँपालिकाका अध्यक्षद्वय सहजराम यादव र लोकराज केसी, लेफ्टिनेन्ट कर्णेल विजय बस्नेतलगायतको उपस्थिति थियो । हालसम्म चार पालिकाका...

Read More