Day: २४ कार्तिक २०७७, सोमबार २३:१२

आजको राशिफल : नोभेम्बर १०

आजको राशिफल : २०७७ कार्तिक २५ गते (२०२० नोभेम्बर १०) मंगलबार राशीफल : २०७५ साल माघ १८ गते शुक्रबार  मेष  उपहार प्राप्त हुनेछ । नयाँ रोजगारीको बाटो खुल्नेछ । रोकिएको विवाद या मुद्दा मामिलाको तपाईंको पक्षमा सुनवाई हुनेछ ।  वृष  व्यवसायमा धैर्यता आवश्यक हुनेछ । प्रेमी प्रेमिकाबीच मतभेद उत्पन्न हुनेछ । अशुभ समाचारका कारण मन चिन्तित हुनेछ ।  मिथुन  नोकरी गर्नेहरुका लागि आजको दिन राम्रो रहनेछ । स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धि समस्या देखिनेछ । व्यवसायमा कडा मिहिनेत गर्नुपर्नेछ ।  कर्कट  समाजमा प्रतिष्ठा मिल्नेछ । विवाहको चर्चा चल्नेछ । बोली र व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ ।  सिंह  आत्मविश्वासमा कमी आउनेछ...

Read More

कारागारलाई खाट हस्तान्तरण

दमौली । तनहुँको व्यास नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दी भुइँमै सुत्ने गरेको समाचार प्रकाशित भएसँगै व्यास नगरपालिकाले कारागारलाई खाट हस्तान्तरण गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले ४० थान खाट आज प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई हस्तान्तरण गरेका हुन् । नगरप्रमुख न्यौपानेले कारागार सुधारको पक्षमा व्यास नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गरे । कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने र कारागारलाई आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट सहयोग रहने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी आचार्यले सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि कारागार व्यवस्थापनका लागि सहयोग पुगेको बताए । तीन तहको सरकारको सहयोग र सहकार्यले सुधार...

Read More

अमेरिकामा महामारीको अझै योभन्दा भयावह स्थिती आउन सक्ने विज्ञहरूको चेतावनी

वासिङ्टन । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । अमेरिकीहरू जाडोमा विदामा बस्ने र पारिवारिक जमगठका साथै लामो समय घरमै बस्ने गर्छन् । यस समयमा काभिड–१९ नियन्त्रणका उपायहरू अवलम्बन नभएको, जाडो बढेको र पारिवारिक जमघटका लागि टाढाटाढाबाट परिवारका सदस्यहरू घर फर्किने भएकोले संक्रमण थप फैलिने खतरा रहेको विज्ञहरूलाई उद्धृत गरी अमेरिकी पत्रिका द गार्डियनले आफ्नो आइतबारको समाचारमा लेखेको छ । “एक शब्दमा भन्दा अमेरिकामा महामारी कम हुने आधार ‘आशा’ मात्रै हो रणनीतिक...

Read More

नक्कली बुवा बनाएर नागरिकता लिन खोजेपछि…

भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ। वडाध्यक्ष पदमपाणि सुवेदी सहितलाई नक्कली बुवा बनाएको भन्दै कार्यालयले कारबाही गर्न लागेको हो। निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले नागरिकता लिन खोजेकी थिइन्।  उनले इन्द्रबहादुर मल्ललाई बुवा र मिरा शाहलाई आमा बनाएर नागरिकता लिन खोजेकी थिइन्। नागरिकता लिन खोज्दा छोरी भनिएकी स्वस्तिकाको जन्म मिति २०५७ असोज १ गते थियो। तर बुवा-आमाको विवाह दर्ता भने वि.सं २०६२ जेठ १६ गतेको पाएपछि प्रशासनले अनुसन्धान अघि बढाएको थियो।  छोरी स्वस्तिकाको जन्मदर्ता विसं २०७० मा गरेको पाइएको छ। जन्मिएपछि जन्मदर्ता...

Read More

भारतीय पत्रकार अर्नबलाई रिहा गर्न उच्च अदालतद्वारा अस्वीकार

काठमाडौं, २४ कात्तिक ।  भारतीय पत्रकार अर्नब गोस्वामीको जमानतमा रिहा नहुने भएको छ ।भारतको मुम्बईको उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेपछि भारतको रिपब्लिक टेलिभिजनका संस्थापक समेत रहेका गोस्वामी हिरासतमा नै रहनेछन् । उनी आत्महत्या दुरुत्साहनको मुद्दामा हिरासतमा पुगेका हुन् । उनलाई गतसाता हिरासतमा लिइएको थियो । अर्नबमाथि स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि बाध्य पारेको आरोप लागेको छ । उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । सोमबार उच्च अदालतले आफ्नो फैसला सुनाउँदै यो निर्णयविरुद्ध अर्नबले चाहेमा अबको चार दिनमा उनी फैसलाविरुद्ध न्यायालयमा जान सक्ने बताएको छ...

Read More