Day: २३ कार्तिक २०७७, आईतवार १७:३०

पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं, कात्तिक २३ नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । २४ घण्टामा १२,३११ जनाको पीसीआर परीक्षण गरिएको छ ।काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना डिस्चार्ज भएका छन् ।अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५७९२६ रहेको छ । सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ ।पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको...

Read More

तिहारमा यसकारण गरिन्छ कुकुर पूजा

हिन्दु धार्मिक मान्यता अनुसार, कुकुर यमको दुत हो । त्यसैले पनि यमपन्चकमा कुकुरलाई विशेष महत्व दिइएको हो । कुकुरलाई भगवानको भैरवको वाहनको रुपमा लिइन्छ । नेपाली समाजमा कुकुरलाई इमान्दार प्राणीको रुपमा चर्चा गरिन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । समाजको इतिहासलाई हेर्दा पनि कुकुरले एउटा पहरेदारको भूमिका खेलेको पाइन्छ । कुकुरले अनिष्ट हुन लागेको अवस्थामा संकेत दिन्छ र चोर डाँकाबाट पनि बचाउँछ भन्ने विश्वास गरिन्छ । तिहारको दोस्रो दिन यी र यस्तै कारणले गर्दा कुकुरको पूजा गर्ने गरिन्छ । धार्मिक कथाहरुमा घरमा आएको कुकुरलाई अपमान गर्दा घटेका घटनाहरुले पनि कुकुर पूजाको महत्व दर्शाउँछन । कुकुर पूजाको दिनमा कुकुरलाई...

Read More

अष्ट्रेलियाबाट नेपअस क्रियुको तिहार विशेष भिडियो ‘भैलिनी’ सार्वजनिक

मेलबर्न। अष्ट्रेलियामा रहेर नेपाली कला क्षेत्रमा निरन्तर लागिरहेको नेपअस क्रियुले तिहारको अवसरमा नयाँ भिडियो ‘भैलिनी’ सार्वजनिक गरेको छ। नेपअस क्रियुले तिहारको लोकप्रिय गीत ‘भैलिनी’को कभर भिडियो सार्वजनिक गरेको हो। कभर भिडियोमा सायद श्रेष्ठको कोरियोग्राफीमा कलाकारहरुले सुन्दर नृत्य प्रस्तुत गरेका छन्। भिडियोमा रचना श्रेष्ठ, सिमरन कौर, निरुता, नताशा थापा, रानु केसी, किरण मगर, सायद श्रेष्ठ, सिवानी कट्टेल, दीप कौर लगायतको प्रस्तुति देख्न सकिन्छ। भिडियो छायांकन तथा सम्पादन बाबा फिल्म्स प्रोडक्सनले गरेको...

Read More

काठमाडौंमा भवन निर्माणको लागि यस्तो छ मापदण्ड

यदि तपाईंले काठमाडौं महानगरपालिकाभित्र भवन निर्माण गर्दै हुनुहुन्छ या बनिसकेको खरिद गर्दै हुनुहुन्छ भनेपनि भवन निर्माण सम्बन्धि मापदण्ड राम्रोसंग बुझ्नु जरुरि हुन्छ। घर किन्दा मापदण्ड विपरित बनाइएको घर भएमा पछि आफूलाई झमेला आइलाग्न सक्छ। त्यसैले घर बनाउन या किन्न भन्दा अगाडी सबै मापदण्ड राम्रोसंग थाहा भएको हुनुपर्छ। महानगरपालिकाभित्र बढ्दो सहरीकरणलाई ध्यानमा राख्दै वातावरणीय विनाश र भूकम्प जस्ता प्राकृतिक विपदको जोखिमलाई कम गर्ने उद्देश्यले महानगरपालिकाले भवन निर्माण सम्बन्धि निश्चित मापदण्ड बनाएको छ। महानगरपालिकाले भवन निर्माण सम्बन्धि पुरानो मापदण्ड संसोधन गर्दै ०७५ असार २७ गते नयाँ भवन निर्माण मापदण्ड जारी गरेको हो । यस्तो छ संसोधित मापदण्ड : १) बेसमेन्ट सम्बन्धी...

Read More

कुलमानको ठाउँमा हितेन्द्रदेवलाई नियुक्त गर्ने ऊर्जामन्त्री पुनको तयारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको नेतृत्व हितेन्द्रदेव शाक्यलाई दिने तयारी अघि बढाएका छन्। एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेकाशाक्यलाई प्राधिकरणमा काज फिर्ता गराउन निर्देशन दिएसँगै उनले कार्यकारी निर्देशकको जिम्मेवारी पाउने चर्चा चुलिएको छ । रिक्त दरबन्दीमा सिनियरमध्येबाट नै जिम्मेवारी तोक्ने प्रावधान छ । प्राधिकणबाट शाक्य बाहिर रहेकाले उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएनन् । यसकारण प्राधिकरणमै भएका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाए । अहिले उनले नै प्राधिकरण सम्हालिरहेका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई शाक्यको काज फिर्ता गराउन निर्देशन दिएका...

Read More