Day: २२ कार्तिक २०७७, शनिबार २३:३१

अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्‍यारिस निर्वाचित

एजेन्सी। अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस निर्वाचित भएका छन् । पछिल्लो मत गणनामा पेन्सिल्भेनियालाई आफ्नो पोल्टामा पार्दै बाइडेनले अमेरिकी राष्ट्रपतिको पद हात पारेका हुन् । पेन्सिल्भेनियाका इलेक्टोरल मत जित्दै बाइडेनले राष्ट्रपति निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत कटाएका छन् । अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ। बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हन्। अमेरिकी सञ्चार माध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन्। तर, अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिक रुपमा विजेता भने घोषणा गरिएको छैन। उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी...

Read More

आजको राशिफल: नोभेम्बर ८, आइतबार

२०७७ साल कार्तिक २३ गते ( २०२० नोभेम्बर ८ ) आइतबार मेष  सकारात्मक सोंच आउनेछ । धोका हुने सम्भावना रहेको छ । काममा कडा मिहिनेत गर्नुपर्नेछ । वृष मान प्रतिष्ठा मिल्नेछ । कृषि पेशासंग सम्बन्धितहरुको लागि दिन फाइदाजनक रहनेछ । आर्थिक कारोबार गर्दा सतर्कता अपनाउनुपर्ने समय रहेको छ । मिथुन  शत्रु बढ्नेछन् । नयाँ काम सुरु नगर्नु नै उचित हुन्छ । साथीहरुबाट सहयोग मिल्नेछ । कर्कट  आत्मविश्वास बढ्नेछ । विपक्षीहरुसंगको प्रतिस्पर्धा बढ्नेछ । काममा कडा मिहिनेत गर्नुपर्ने छ । सिंह  व्यवसायिक क्षेत्रमा राम्रो प्रतिफल मिल्नेछ । मान प्रतिष्ठा मिल्नेछ । लामो दुरीको यात्रामा निस्कने सम्भावना रहेको छ । कन्या ...

Read More

देशभर २४ घण्टामा २७५३ कोरोना संक्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ थियो । थप २२०६ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या...

Read More

जनकपुरमा ८ जुवाडे पक्राउ, १ लाख ६३ हजार रुपैयाँ बरामद

जनकपुर- प्रहरीले जनकपुरकाे एक होटेलबाट ८ जुवाडे पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगर-५ स्थित डिके होटेलबाट ८ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो । जुवाखालबाट १ लाख ६३ हजार ६६० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पनेरुमा जनकपुरधाम ४ का ४० वर्षीय गणेश साह, सोही वडाका ३४ वर्षीय बेचन साह, वडा ५ का ३७ वर्षीय कैलाशप्रसाद गुप्ता, सोही वडाका २४ वर्षीय शिवु मण्डल, ४५ वर्षीय बद्री साह, ४३ वर्षीय दिलीप मण्डल, वडा २ का ४६ वर्षीय विनय साह र वडा १ का सञ्जिप ठाकुर रहेका छन् ।पक्राउ परेकामध्ये दिलीप मण्डल होटेलका सञ्चालक...

Read More

माइतीघरमा महिला हिंसाविरुद्ध कालो पोसाकसहित प्रदर्शन

काठमाडौं- काठमाडौंको माइतीघरमा शनिबार महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘ अझै कति सहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । उनीहरुले आँखामासमेत कालो पट्टी बाँधेका थिए । उनीहरुले बलाकारविरुद्धको नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए भने कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी अपनाइएको थियो । अभियानले बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गर्दै आएको छ । अन्य...

Read More