Day: २१ कार्तिक २०७७, शुक्रबार २०:१२

आजको राशिफल: नोभेम्बर ७, शनिबार

आजको राशिफल : २०७७ कार्तिक २२ गते (२०२० नोभेम्बर ७) शनिबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अमन प्रसन्न रहनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। रोकिएको धन प्राप्त हुनेछ। मानसिक शान्ति मिल्नेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बोपुराना साथीसंग भेटघाट हुनेछ। धार्मिक कार्यमा मन जानेछ। मन अस्थिर रहनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हप्रेम सम्बन्ध सुमधुर रहनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। अरुको मन जित्न सकिनेछ। दिनको उत्तरार्ध सुखद रहनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डोविशेष समारोहमा सहभागी भइनेछ। साथीको सहयोगमा...

Read More

ओलीजीले भन्नुभयो-औपचारिक बैठक राखे, त्यो नै फुट घोषणाको बिन्दु हुनेछ : प्रचण्ड

काठमाडौं, कात्तिक २१ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्य शुक्रबार धुम्बाराहीमा बैठक बसे। अध्यक्ष प्रचण्डले बोलाएको उक्त बैठकमा अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट सचिवालय सदस्यहरू सहभागी भएनन्। झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए। ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभयो,’ बैठकपछि प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने। अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा सचिवालय बैठक राख्न...

Read More

आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ५, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ७९, ताप्लेजुङमा २, तेह्रथुममा ६, धनकुटामा ४, भोजपुरमा ४, मोरङमा १२७, सुनसरीमा ९५, धनुषामा २९, पर्सामा १४, बारामा ४, महोत्तरीमा १०, रौतहटमा १३, सप्तरीमा ११, सर्लाहीमा ५, सिरहामा ३१, काठमाडौँमा १०३०, काभ्रेमा ७०, चितवनमा १२६, दोलखामा १२, धादिङमा १९, नुवाकोटमा १३, भक्तपुरमा १२१, मकवानपुरमा ६३, र रामेछापमा २ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै...

Read More

तुलसीपुरमा २० वर्षीया सुत्केरीको मृत्यु

दाङ तुलसीपुरकी एक २० वर्षीया सुत्केरीको कोरोनाका कारण मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी संक्रमित ती महिलाको बच्चा जन्मी सकेपछि कोरोनाका कारण मृत्यु भएको हो। बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक १६ गते प्रसुती सेवा लिनका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन्। उनले १७ गते बच्चालाई जन्म दिएकी थिइन्। त्यसपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। आशंका लागेर पिसिआर परीक्षण गर्दा उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड यूनिटमा भर्ना गरेर उपचार थालिएको थियो। उनलाई अक्सिजन र एन्टिबायोटिक सहित उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार दिउँसो ३: २०...

Read More

चितवनमा स्क्रबटाइफसका बिरामी बढे

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार साउन यता १६५ जनामा स्क्रबटाइफस र ३३ जनामा डेङ्गु देखापरेको छ । तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् भने अन्य बिरामी बाहिरी जिल्लाबाट यहाँको अस्पतालमा आएका हुन् ।  कार्यालयका अनुसार डेङ्गु सङ्क्रमित बिरामी भरतपुर महानगरपालिकाका १५, खैरहनी नगरपालिकाका तीन, माडी नगरपालिकाका एक, रत्ननगर नगरपालिकाका पाँच, राप्ती नगरपालिकाका एक र कालिका नगरपालिकाका दुई जना रहेका छन् ।  भरतपुर महानगरका ४२, खैरहनी नगरपालिकाका १०, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका नौ र इच्छाकामना गाउँपालिकाका एक जनामा स्क्रबटाइफस देखिएको कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक गीता...

Read More