Day: २० कार्तिक २०७७, बिहीबार २०:५०

आजको राशिफल (नोभेम्बर ६, शुक्रबार)

आजको राशिफल : २०७७ कार्तिक २१ गते ( २०२० नोभेम्बर ६) शुक्रबार मेष ठूलो सम्झौताको कामले अन्तिम रुप लिनेछ । मनमा शान्ती छाउनेछ ।  वृष  रोजगारीका अवसरहरु मिल्नेछन् । अरु व्यक्तिहरुसंग निर्भर रहेर निर्णय गर्नाले समस्या निम्तिनेछ । मिथुन  वरिष्ठ व्यक्तिको सहयोगले काम बन्नेछ । चल अचल सम्पत्तिको बारेमा आज निर्णय नलिनु उचित हुनेछ ।  कर्कट  खर्च बढ्नेछ । साझेदारीको कामले लाभ मिल्नेछ । सिंह  सरकारी तर्फबाट लाभ प्राप्त गर्न सकिनेछ । जीवनसाथीको स्वास्थ्य समस्याले तनाव उत्पन्न हुनेछ । कन्या  व्यवसायमा नयाँ योजनाहरु बन्नेछन् । सामाजिक काम या समारोहमा सहभागी भइनेछ ।  तुला  वरिष्ठ व्यक्तिहरुको सहयोग मिल्नेछ । साझेदारको...

Read More

सर्वाेच्चले स्वास्थ्यमन्त्रीलाई साेध्याे– ‘अदालतकाे अवहेलनामा कारबाही किन नगर्ने ? कुनै कारण छ ?’

काठमाण्डाै – सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक व्यवस्था र अदालतको परमादेशको उल्लङ्घन गर्दै कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्नुको कारण पेस गर्न सर्वोच्चले आदेश दिएको हो । गएको असोज १५ गते सबै नागरिककाे कोरोनाको परीक्षण र सङ्क्रमितलाई निःशुल्क उपचार गर्नु भन्दै सर्वोच्च अदालतले आदेश दिए पनि सरकारले सक्नेलाई शुल्क लिने र नसक्नेलाई मात्रै निःशुल्क उपचार र परीक्षण गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयविरुद्ध अधिवक्ता केशरजङ्ग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना मुद्दा दर्ता गर्नुभएको थियो । निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन...

Read More

राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाकाे मानार्थ महारथीकाे उपाधि प्रदान

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली  सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ ।  बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापति हुनुहुन्छ । यसअघि भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको थियो । सेनाध्यक्ष नरवणेले बिहीबार...

Read More

अभिनेत्री पुनम पाण्डे पक्राउ, अश्लिल भिडियो सुट गरेको आरोप

एजेन्सी। भारतीय अभिनेत्री पूनम पाण्डेलाई गोवा प्रहरीले पक्राउ गरेको छ। विवादमा आइरहने अभिनेत्री पाण्डे अश्लिल भिडियो सुट गरेको आरोपमा पक्राउ परेकी हुन्। उनलाई पक्राउ गरिएको तस्बिर समेत बाहिर आएको छ । तस्बिरमा पुनम पति श्याम बाम्बेका साथ देखिएकी छन् । पुनमले गत सेम्बटेम्बरमा प्रेमी श्याम बम्बेसँग बिवाह गरेकी थिइन् । उनीबिरुद्ध गोवा परवर्ड पार्टीकी महिला विंगले एफआईआर दर्ता गरेका हुन् । पहिला विंले पुनमलाई गोवा सरकारको जल संशाधन विभागको प्रोपर्टीमा एक ‘पोर्न’ फोटोशुट गरेको आरोप  लगाएकी छन्...

Read More

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौं, कात्तिक २० त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ ।त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्र्तीण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ । आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ ।समारोहमा भाग लिनका लागि स्नातक तहले रु. तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले...

Read More