Day: १९ कार्तिक २०७७, बुधबार २३:१२

तपाईंको आज (नोभेम्बर ५, बिहीबार)

आजको राशिफल : २०७७ कार्तिक २० गते ( २०२० नोभेम्बर ५) बिहीबार मेष कसैको सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ । व्यर्थ खर्च हुनेछ । विद्यार्थीहरुका लागि राम्रो समय रहेको छ । वृष वादविवादमा नफस्नु नै राम्रो हुनेछ । परिवारमा मनमुटाव बढ्नेछ । नकारत्मक विचार बढ्नेछ । मिथुन आलस्यता बढ्नेछ । स्वास्थ्यमा गडबडी देखिनेछ । दाम्पत्य जीवनमा खटपट हुनेछ । कर्कट कार्य सफल हुनेछ । परिवारमा खुशी छाउनेछ । आध्यात्मिक कार्यमा मन जानेछ । सिंह रिसलाई नियन्त्रणमा राख्नुपर्नेछ । चतुरतापूर्ण ढंगले कार्य गरेमा मात्र कार्य सफल हुनेछ । व्यर्थको यात्रा हुने सम्भावना छ । कन्या स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ...

Read More

माटोको ढिस्कोले पुरिएर कालीगण्डकी करिडोरमा कार्यरत ५ मजदुरको मृत्यु

माटोको ढिस्कोले पुरिएर पूर्वी नवलपरासीमा ५ जना मजदुरको मृत्यु भएको छ । आफैले भरिरहेको ग्याबिन जालीसहित आएको पहिरोले पुरिँदा कालीगण्डकी करिडोरमा काम गरिरहेका मजदुरको मृत्यु भएको हो । पहिरोमा पुरिएका २ जनाको भने जीवितै उद्धार गरिएको छ ।मृत्यु भएका सबै मजदुर बुलिङ्टार गाउँपालिका वडा नम्बर ४ का रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा बुलिङटार गाउँपालिका ४ का २० वर्षका गोपाल गरङ्जा, चेत बहादुर अस्लामी, तारा बहादुर लुङ्गेली, २८ वर्षीय तुलबहादुर गुरुङ र ४२ वर्षीय तुनबहादुर सारु रहेका छन् । जीवितै उद्धार गरिएकामा कुष्ण लुङ्गेली र केवल सिंह लुङ्गेली मगर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा...

Read More

मुकेश अम्बानीको ८० हजार करोड बराबरको सम्पत्ति एकैछिनमा स्वाहा

विश्वका चर्चित धनीमध्ये पर्ने रिलायन्स इन्टस्ट्रिजका प्रमुख मुकेश अम्बानीको ८० हजार करोड रुपैयाँ बराबरको सम्पत्ति एकैछिनमा घटेर स्वाहा भएको छ । यससँगै विश्वका शीर्ष धनीको सूचीमा ६ नम्बरमा रहेका अम्बानी घटेर ९ नम्बरमा पुगेका छन् । रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) को नाफा पछिल्लो वर्षको तुलनामा १५% घटेको छ । जसले गर्दा कम्पनीको शेयरमा गिरावट आउँदै कम्पनीको कूल मूल्य घटेर सम्पत्तिको मूल्यांकनमा गिरावट आएको हो । शेयरको मूल्य घट्दा अम्बानीको सम्पत्तिको कूल मूल्य ८० हजार करोड घटेको जनाइएको छ ।  फोर्ब्स रियल टाइम बिलिनेयर इन्डेक्सका अनुसार मुकेश अम्बानीको सम्पत्तिको कूल मूल्य ७१.५ अर्ब डलर रहेको छ...

Read More

कोटेश्वरको गेष्ट हाउसमा मृत भेटिइन् अनु

काठमाडौं । कामपा– ३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक व्यक्ति आज मृत फेला परेका छन् ।  उक्त होटलको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  त्यस्तै सहकर्मी हत्याको आरोप लागि फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।  काठमाडौँ महानगरपालिका –८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजीक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या गरेको आरोप लागेका ध्रुव भनिने मानकाजी श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज पक्राउ गरेको हो । रामेछाप घर भएका श्रेष्ठका...

Read More

वीर अस्पतालका डाक्टरहरुद्वारा सामुहिक राजीनामा

काठमाडौं। मुलुककाे जेठाे वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन्। अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन्।  उनीहरुले २४ घण्टा काम गराएको, हप्तामा ९६ घण्टा काम गरेको र स्वास्थ्य सुरक्षा मापदण्डहरु उपलब्ध नहुदा राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन्। राजीनामा दिनेहरुमा डा. कौशलेन्द्र चौधरी, सुशोभित कार्की, महेश गिरी, नविन थापा, एलोना श्रेष्ठ, विशेष सिवाकोटी, कृति थापा, राकेश कुमार सिंह, सोभा थापा, कीर्ति गोपाल डंगोल लगाएतका रहेका छन्। उनीहरुले निरन्तररुपमा माग प्रशासन समक्ष राख्दा पनि सुनुवाई नभएको, ज्यालादारी भनेर दशैं तिहार भत्ता नदिएको, तलव कट्टा गरेर दिएको र उपयुक्त स्रोत सामग्रीहरु उपलब्ध नगराएकोले राजीनामा दिनु...

Read More