Day: १८ कार्तिक २०७७, मंगलवार २३:४७

तपाईंको आज (नोभेम्बर ४, बुधबार)

आजको राशिफलमिती : २०७७ साल कार्तिक १९ गते ( २०२० नोभेम्बर ४) बुधबार मेष   शुभ समाचार प्राप्त हुनेछ । भाग्यले साथ दिनेछ। मेहनत तथा योग्यता अनुसारको फल प्राप्त हुनेछ । वृष  काममा सफलता मिल्नेछ । मतभेद पैदा हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ । मिथुन   मान सम्मान बढ्नेछ । परिवारको साथ र माया पाइनेछ । धन लाभ हुनेछ । कर्कट   योजनाहरु सफल हुनेछन् । घर परिवारको सहयोग प्राप्त हुनेछ । धार्मिक कामले आत्मविश्वास बढ्नेछ । सिंह   शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । प्रतियोगितामा राम्रो नतिजा हात पार्न सकिनेछ । स्वास्थ्यप्रति सचेत रहनु पर्नेछ । कन्या   भाग्यले...

Read More

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट सार्वजनिक

अर्घाखाँची, कात्तिक १८ कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि ‘सञ्चारकर्मीसँग अन्तरक्रिया’ कार्यक्रम सार्वजनिक गरिएको हो । चालू आर्थिक वर्ष ७७/७८ का लागि नौ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्रकुमार ओझाले जानकारी दिनुभयो । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा कोरोना महामारीका कारण कुल बजेटको ४५ प्रतिशतमात्र खर्च गरेको ज्ञान केन्द्रले यस वर्ष भने शतप्रतिशत कार्यसम्पादन गर्ने योजना राखेको केन्द्रका प्रमुख राममिलन विश्वकर्माले बताउनुभयो । उत्पादित कृषिवस्तु बजारमा पुगेपनि उचित मूल्य...

Read More

माडीमा सुन्दरकान्डको सांगीतिक पाठपारायण

चितवन, कात्तिक १८ राम अयोध्या धाम बनाउने उद्देश्यले चितवनको माडीमा ‘नेपाली रामचरितमानस’ सुन्दरकान्डको एक दिवसीय सांगीतिक पाठपारायण सम्पन्न भएको छ । अयोध्या अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मन्डल अमेरिकाको संयुक्त आयोजनामा माडीको साविक अयोध्यापुरी गणेशकुञ्जमा मंगलबार ‘नेपाली रामचरितमानस’ सुन्दरकान्डको सांगीतिक पाठपारायण गरिएको हो । १६औं शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधि भाषामा लिखित हिन्दुहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नुभएको हो । सांगीतिक कार्यक्रमको उद्घाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास र कला–संस्कृतिको संरक्षण गर्नमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।...

Read More

भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ — उच्च अदालत पाटनले समिर लामा ‘भिटेन’लाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ ।  मंगलबार मुख्य न्यायधीश नहकुल सुवेदीको एकल इजलासले गायक भिटेनलाई पक्राउ गर्नुको कारण देखाऊ आदेश जारी गर्दै प्रहरीलाई पक्राउ नगर्न भनेको हो । अदालतका उप-रजिस्ट्रार शम्भुप्रसाद रेग्मीले गीत संगितको विषयलाई लिएर प्रहरीलाई पक्राउ नगर्न भनेर अदालतबाट अन्तरिम आदेश भएको कान्तिपुरलाई बताए । उनले भने,’गीत संगितको विषय भएकाले पक्राउ नगर्न आदेश भएको हो । फौजदारी कसुर गरेको छ भने पक्राउ गरेर प्रहरीले अनुसन्धान गर्न पाउँछ ।’ र्‍यापर भिटेनको नयाँ र्‍याप गीत ‘पारा’ गीतमा आपत्तिजनक शब्दहरु भएको भन्दै गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको...

Read More

बागलुङमा लक्षणसहितका सङ्क्रमित बढे

बागलुङ, १८ कात्तिक  केही अघिसम्म जिल्लामा लक्षण भएका कोरोना सङ्क्रमित फाटफुट्ट भेटिन्थे त्यो पनि हल्का लक्षण देखिएको अवस्थामा । सामान्य हेरचाह र औषधिले नै उनीहरु निको हुन्थे । कतिपयमा केही दिनमै लक्षण आफै हराएर जान्थ्यो । लक्षण बिनाका सङ्क्रमित हुँदा आइसोलेसनकक्षमा पनि व्यवस्थापन र उपचारको भार कम थियो । चिकित्सक÷स्वास्थ्यकर्मीले नियमित निगरानी गरे पुग्थ्यो । अहिले अवस्था त्यस्तो छैन । लक्षणसहितका सङ्क्रमित भेटिन थालेपछि एकातिर अस्पतालमा चाप बढ्दो छ । अर्कातिर समुदायमा सङ्क्रमण तीव्र हुने हो की भन्ने चिन्ता । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले केही सातायता लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढीरहेको बताउनुभयो । उहाँका अनुसार कडा लक्षण...

Read More