Day: १६ कार्तिक २०७७, आईतवार १६:५९

अष्ट्रेलियाबाट सञ्चालन हुने अनलाईन गायन प्रतियोगिताको आवेदन दिने समयावधि नोभेम्बर १५ सम्म

मेलबर्न। अष्ट्रेलियाबाट संचालन हुने गायन प्रतियोगिता ‘हल अफ फेम’को दोस्रो सिजन सुरु हुनेभएको छ। पहिलो सिजन भव्यताका साथ सम्पन्न गरेको आयोजक एमएनटिभीले कोरोना महामारीकै बिचमा दोस्रो सिजनको घोषणा गरेको हो। कोरोना महामारीका कारण ‘हल अफ फेम’को दोस्रो सिजन अनलाइन माध्यमबाट हुनेछ। जसमा सहभागी हुन चाहनेले आफ्नो प्रस्तुति सहितको भिडियो पठाउनु पर्नेछ। भिडियोमा गायन प्रस्तुति तीन देखि पाँच मिनेट सम्मको हुनुपर्नेछ। प्राय: गायन प्रतियोगितामा प्रतियोगीको उमेर हद तोकिएको हुन्छ। तर यस गायन प्रतियोगितामा प्रतियोगीको लागि उमेर हद राखिएको छैन। यसअर्थमा पनि नेपाल र नेपाल बाहिर रहेका तथा नेपाल गीत संगीत प्रति रुचि भएका प्रतिभाशाली व्यक्तिहरुलाई यस प्रतियोगिता एउटा राम्रो अवसर...

Read More

न्याभद्वारा आयोजित खाद्य स्वच्छता तथा पोषण स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)द्वारा आयोजित खाद्य स्वच्छता तथा पोषण स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्याउने र संगै स्वस्थ जीवनशैलीको लागि प्रेरित गर्ने उद्देश्यले न्याभले शनिबार उक्त अनलाइन कार्यक्रमको आयोजना गरेको थियो। एक दिवसीय जनचेतनामूलक कार्यक्रममा खाद्य वैज्ञानिकहरू डा एकिन्द्र तिमिल्सेना, डा फिलिप बट्टन, डा बेद खतिवडा र श्रुति शर्माले भोजन र पोषणका विवध पक्षमा प्रस्तुति दिनुभएको थियो । सो कार्यक्रममा वर्तमान अवस्थामा विकराल रूप लिएको कोविड महामारीको बेलामा खाद्यपदार्थ किनमेल गर्दा अपनाउनुपर्ने सावधानीको बारेमा पनि प्रस्तोता डा फिलिप बट्टनले...

Read More

चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्न सक्ने

काठमाडौँ –  देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ । केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका...

Read More

आईपीएल: हैदराबादसँग बैंगलोर ५ विकेटले पराजित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।  हैदराबादको जितमा रिद्धिमान शाहले ३९ जोडे भने मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डरले अविजित २६ रन बनाए ।  बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिन सफल भए साथै वासिंगटन सुन्दर र नाभदिप शैनीले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।...

Read More

आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (नोभेम्बर १, आइतबार)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार कार्तिक १६ (नोभेम्बर १) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ०१ पैसा तोकिएको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

Read More