Day: १५ कार्तिक २०७७, शनिबार ११:०६

आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (अक्टोबर ३१, शनिबार)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार कार्तिक १५ (अक्टोबर ३१) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ०१ पैसा तोकिएको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा थपिए ४ जना नयाँ संक्रमित

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका चार जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १३ हजार जनामा कोरोना परिक्षण गरिएको थियो। जसमा चार जनामा संक्रमण पुष्टि भएको हो। थपिएका चार संक्रमित मध्ये एक जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ। यो नयाँ केस संक्रमण सरिरहेको Hoxton Park संग सम्बन्धित रहेको उल्लेख गरिएको छ। त्यस्तै, नयाँ संक्रमित मध्ये अन्य तीन जना होटल क्वारेन्टिन रहेका व्यक्ति...

Read More

विभिन्न मुलुकबाट सिकारी चरा नेपाल भित्रिए

काठमाडौँ – दशैँको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन सुरु गरेका हुन् । मांसाहारी प्रजातिका सिकार गरेर खाने चराहरू यसरी नेपाल आउने क्रम जारी रहेको वरिष्ठ चराविज्ञ डा. तुलसी सुवेदीले जानकारी दिए । “उत्तरबाट दक्षिणतर्फ बसाइ सर्ने क्रममा सिकारी चरा नेपालमा कति आउँदैछन् भनेर गणनासमेत भइरहेको छ,” उनले भने । सिकारी चरामध्ये चिल, गिद्ध र बाजहरू मुख्य गरी विदेशबाट यस समयमा नेपाल भित्रिने गर्छन् । एसिया महादेशको उत्तरी क्षेत्रमा पर्ने देशहरू...

Read More

१५ दिनभित्र क्लिन फिडको पूर्ण कार्यान्वयन

काठमाडौँ – बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका...

Read More

यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर :राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ – चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । एक बेञ्च, एक विद्यार्थीराजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यालयका सहायक...

Read More