Day: १३ कार्तिक २०७७, बिहीबार १२:५८

अष्ट्रेलियन भिसा आवेदन केन्द्रको सेवा सुचारु, बायोमेट्रिक संकलन सुरु

काठमाडौं। नेपाल स्थित अष्ट्रेलियन भिसा आवेदन केन्द्रले सेवा पुन: सुचारु गरेको छ। केन्द्रले अक्टोबर २८ देखि कार्यालयका केही सेवा सुचारु गरिएको आफ्नो अफिसियल वेबसाइट मार्फत जानकारी दिएको हो। भिसा आवेदन केन्द्रले अपोइण्टमेन्ट मार्फत बायोमेट्रिक संकलन गरिने र इमेल मार्फत या सिधै अफिसमा आएर दिइएको बायोमेट्रिक संकलन नगरिने बताएको छ। भिसा र सिटिजनसिपको लागि भने अनलाइन मार्फत आवेदन दिन सकिने वेबसाइटमा उल्लेख छ। कुनै कुरामा अलमल भएमा या सहयोग चाहिएमा अतिरिक्त शुल्क तिरेर सेवा लिन सकिनेछ। कार्यालय सोमबार देखि शुक्रबारसम्म बिहान ८ बजे देखि दिउँसो ३ बजेसम्म खुल्ला रहने जनाइएको छ। विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् >>...

Read More

अष्ट्रेलियाबाट महामारीको समयमा पोषण स्वास्थ्य सम्बन्धी जनचेतनामूलक अनलाइन कार्यक्रम

मेलबर्न। कोरोना महामारीको समयमा पोषण स्वास्थ्य सम्बन्धी जनचेतनामूलक अनलाइन कार्यक्रम हुनेभएको छ। अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गरिरहेका नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन भिक्टोरिया (न्याभ)को आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। स्वस्थ र स्वच्छ खाना कसरी पोषणको मात्रा मिलाएर खाने ? कुन-कुन खानेकुराले शरीरको रोगप्रतिरोधात्मक शक्ति बढाउन सक्छन् ? स्थानिय स्तरमा पाइने अथवा आफूसंग सहज उपलब्ध हुने खानेकुराहरुलाई कसरी खाँदा शरीरलाई सबै किसिमको पोषण तत्व प्राप्त हुन सक्छ ? जस्ता कुराहरुको बारेमा कोरोना महामारीको समयमा जनचेतना फैलाउनु अझ बढी आवश्यक देखिएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै कार्यक्रममा विज्ञहरुले आफ्ना प्रस्तुतिहरु दिनेछन्। यो कार्यक्रमले सहभागीहरुमा स्वस्थ खानपिन तथा जीवनशैलीको बारेमा सजग बनाउँदै...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा थपिए ३ जना नयाँ संक्रमित

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएका छन्। केही दिन देखि शुन्यमा रहेको नयाँ संक्रमित दर बिहिबारको तथ्यांकमा फेरी बढी देखिएको हो। भिक्टोरियामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने शुन्य नै रहेको...

Read More

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ – बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा बहस जारी छन् । नागरिक स्तरबाट उठिरहेका आवाजलाई अहिले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका महिला सांसदहरूले पनि साथ दिएका छन् । सांसदहरूले अनौपचारिक समूहसमेत गठन गरेर कानुन परिमार्जन, प्रचारप्रसारलगायत कसरी गर्ने अध्ययनसमेत गरिरहेका छन् । आफ्ना कार्यसूूची सङ्घीय संसद्का पदाधिकारी तथा समिति सभापतिहरूसमक्ष पनि पु¥याएका छन् । नेपाल प्रहरीका तर्फबाट हालै प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा पेस गरिएको तथ्याङ्कअनुसार सरदर दैनिक नौवटा करणीका उजुरी दर्ता भइरहेका छन् । जसमा सातवटा करणी र दुई करणी उद्योगसँग सम्बन्धित छन् । पछिल्लो समय मृत्युदण्ड...

Read More