Day: ९ कार्तिक २०७७, आईतवार १०:१५

अष्ट्रेलियाको भिक्टोरियामा सुदूरपश्चिम नेपाली समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा सुदूरपश्चिम नेपाली समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। हाल भिक्टोरियामा बसोवास गरिरहेका नेपाली सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिम नेपाली समाज भिक्टोरीया (Far Western Nepalese Society of Victoria)ले बडादशैं तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो। भिक्टोरियावासी सुदूर पश्चिमेलीहरुलाई एकताबद्ध गरि अगाडी बढिरहेको संस्थाले यसपाली कोरोना महामारीका कारण भर्चुअल रुपमा कार्यक्रम सम्पन्न गरेको हो। लामो समयको लकडाउन र सोसियल आइसोलेसनले गर्दा एकअर्कासँग भेटघाट नभएको परिस्थितीमा टाढा भएर पनि संगै भएको आभाष गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको आयोजक सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाका अध्यक्ष महादेव धानुकले जानकारी गराउनु भयो । आयोजक संस्थाले वर्षेनी गर्दै आएको दशैं...

Read More

अष्ट्रेलियामा घले दम्पत्तिद्वारा ४०० विद्यार्थीका लागि दशैंको दिन खुशी प्रदान गर्ने यस्तो प्रयास !

मेलबर्न। अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरु महान चाड दशैंको अवसरमा घर देखि टाढा हुँदा स्वाभाविक रुपमा उदास हुन्छन्। यस वर्ष कोरोना महामारीले गर्दा उनीहरु झन् तनावमा धकेलिएका छन्। यस्तो अवस्थामा घले दम्पत्तिले विद्यार्थीहरुको मुहारमा खुशी ल्याउने प्रयास गरेका छन्। अष्ट्रेलियामा सफल व्यवसायीका रुपमा स्थापित नेपाली मुलका शेष घले र जमुना गुरुङले दशैंको दिनमा टीका, जमाराको साथमा दशैं विशेष परिकार प्रदान गर्ने भएका हुन्। यो प्रयास आफ्नो तर्फबाट विद्यार्थीहरुका लागि दशैंको आशिर्वाद रहेको भन्दै उनीहरुले दशैं विशेष परिकारको लागि १० हजार डलर प्रदान गरेका हुन्। अष्ट्रेलियामा विशेष नेपाली परिकारको प्रबर्द्धन गर्दै आएका म:म किङ्गडम र नेपाली डाइनिङ्ग रुमले यस्तो अवधारणा अगाडी...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै संक्रमितहरु होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्। त्यस्तै, समुदाय स्तरमा संक्रमित नथपिएको यो लगातार तेस्रो दिन हो। न्यु साउथ वेल्समा शनिबार १२ हजार ४ सय ६५ जनामा कोरोना परिक्षण गरिएको...

Read More

अष्ट्रेलियाको भिक्टोरियाको कोरोना अपडेट : ७ नयाँ संक्रमित, मृत्यु शुन्य

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका सात जना नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितको संख्या पछिल्लो २४ घण्टाको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण कसैले पनि ज्यान गुमाएको छैन। Yesterday there were 7 new cases & no lost lives reported. Cases with unknown source are down, as is the 14 day rolling average in Melb, this remains stable in regional Vic. There is more info here: https://t.co/eTputEZdhs #COVID19VicData pic.twitter.com/m1Myk7MnfV— VicGovDHHS (@VicGovDHHS) October 24,...

Read More

आईपीएल: हैदराबादमाथि पन्जाबको जित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स एलाभेन पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनको जित निकालेको छ । शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ दशमलव ५ बलमा एक सय १४ रन बनाउँदै अलआउट भएको हो ।   हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए । यस्तै विजय शंकरले २६ रन जोड्दा जोनी बेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले १५ रन बनाए । पन्जाबका क्रिस जोर्डन र अर्शदीप सिंहले समान तीन/तीन विकेट लिए । त्यस्तै मोहम्मद शामी, मुरुगन अश्विन...

Read More