Day: ८ कार्तिक २०७७, शनिबार ११:३२

अष्ट्रेलियाको सिड्नीमा नेपालीद्वारा संचालित एड्भान्स कलेजलाई ‘बेष्ट लोकल विजनेस’ एवार्ड

मेलबर्न। अष्ट्रेलियाको सिड्नीमा नेपालीद्वारा संचालित एड्भान्स कलेजले ‘बेष्ट लोकल विजनेस’ एवार्ड जितेको छ। ईनर वेष्ट लोकल विजनेस एवार्डमा शिक्षा सेवा प्रदान गर्ने संस्थाहरु मध्ये एडभान्स कलेजले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो। उक्त अवार्डका लागि शिक्षा सेवा प्रदान गर्ने ६२ संस्थाहरु संलग्न भएका थिए। निर्णायक मण्डलले ती ६२ संस्थाहरु मध्ये एडभान्स कलेजलाई उत्कृष्ट ठहर गरेको थियो। अवार्ड अक्टोबर ७ तारिखमा घोषणा गरिएको थियो भने बिहिबार एक विशेष कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको थियो। न्यू साउथ वेल्सका सरकारी अधिकारीहरु, स्थानीय काउन्सिल, आयोजक तथा विभिन्न विधामा अन्तिम चरणमा पुगेका प्रतिस्पर्धीको उपस्थितिमाझ उत्कृष्ट अवार्डबाट सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेको कलेजकी प्रमुख कार्यकारी...

Read More

आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (अक्टोबर २४, शनिबार)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार कार्तिक ८ (अक्टोबर २४) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८४ रुपैयाँ ३६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ९३ पैसा तोकिएको छ । अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ १९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

Read More

अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्रीद्वारा नेपालीहरुलाई दशैंको शुभकामना व्यक्त

मेलबर्न। अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले नेपाली समुदायलाई बडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना संदेशमा उनले नेपाली समुदायको कला र संस्कृतिले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई अझ सुन्दर बनाएको उल्लेख गरेका छन्। उनले कोरोना महामारीको समयमा सरकारले जारी गरेका नियमको पालना गर्दै संयमता अपनाएर आफ्नो सबैभन्दा ठूलो चाड मनाउन लागेकोमा नेपाली समुदायलाई धन्यवाद दिएका छन्। यसका साथै उनले आफूलाई र सरकारका कार्यहरुमा सघाउ पुर्याउने नेपाली समुदायका संस्था तथा अगुवाहरु प्रति कृतज्ञता समेत प्रकट गरेका...

Read More

आईपीएल: प्रतियोगिताबाट बाहिरियो चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किग्ङ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो । सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो । चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।मुम्बईको जितमा इशान किशनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी कक ४६ रनमा अविजित रहे...

Read More

दशैँको प्रभावले कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती

काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो । “सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छौँ”, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले भनिन्, “होम आइसोलेनमा बसेका केही सङ्क्रमित घरबाट बाहिर निस्कन थालेको सुनिएपछि उहाँहरूको उच्च निगरानी गर्ने कामसमेत गरेका छौँं । ” उनले चुुनौती थपिँदै गएकाले चाडबाडका लागि थप मापदण्ड ल्याउनुुपर्ने अवस्था आएको उनले बताइन् । ललितपुर र काठमाडौँ महानगरभित्र गरी दैनिक करिब एक हजार तीन सयदेखि...

Read More