Day: ७ कार्तिक २०७७, शुक्रबार १५:२७

अष्ट्रेलियाबाट नेपालमा रहेका आफन्तसंग सधै भर्चुअल दशैं, यसपाली यहीँ पनि भर्चुअल कार्यक्रम

प्रेम राज उप्रेती ( न्याभ, उपाध्यक्ष / मेलबर्न ) ‘ अष्ट्रेलिया। नेपालबाट अष्ट्रेलिया आइसकेपछि दशैं भर्चुअल जस्तै हुन थाल्यो। साथीहरुसंग रमाइलो गरेतापनि परिवार तथा आफन्तसंग फोन र अहिले पछिल्ला वर्षहरुमा भिडियो कलमा दशैं मनाउन थालियो। यो वर्ष भने यहीं साथीहरु बीचमा पनि भर्चुअल दशैं मनाउनुपर्ने अवस्था आएको छ। म आबद्ध संस्थाहरु नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, सुदुर पश्चिम समाजले कोरोना महामारीले सुनसान जस्तै भएको दशैंमा कार्यक्रमहरु गरेर केही उल्लास थप्ने जमर्को गरेका छन्। ती कार्यक्रमहरु पनि भर्चुअल नै हुन्। जहाँ भएपनि जसरी सकिन्छ त्यसरी मनाउने हो। त्यसमै रमाइलो मिल्छ। नेपाली समुदायलाई कार्यक्रममा सहभागी भएर, रमाइलो माहोलको सिर्जना गरौँ, टाढा-टाढा बस्नुपरेतापनि...

Read More

खसीको स्वादिष्ट सेकुवा बनाउने तरिका

सामग्री :  एक किलो हड्डी नभएको खसीको मासु, एक-एक चम्चा लसुन र अदुवाको पेस्ट, एक चम्चा गरम मसला, एक-एक चम्चा धनियाँ र जीराको धूलो, सुकेको रातो खुर्सानीको धूलो दुई चम्चा, दुई चम्चा खाने तेल, चारदेखि पाँच चम्चा रम, नुन स्वादअनुसार । विधि :  मासुलाई सानो चौकोर टुक्रामा काट्ने र खलमा प्रत्येक टुक्रालाई एकपटक हल्कासँग कुट्ने । खल नभएको खण्डमा सिलौटामा पनि कुट्न सकिन्छ । त्यसरी कुटिएको मासुमा माथि उल्लेखित सबै मसला हालेर कम्तीमा दुई घण्टा त्यसै छाडिदिने । त्यसपछि झीरमा मासुका टुक्राहरू उनेर कोइलाको रापमा कम्तीमा पनि छ इन्चको दूरीबाट बिस्तारै सेक्दै जाने । मासु राम्रोसँग पाकेपछि प्याजको रिंग...

Read More

अष्ट्रेलियाको भिक्टोरियाका प्रिमियरद्वारा नेपालीहरुलाई दशैंको शुभकामना

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर डानियल एन्ड्रयुले नेपाली समुदायलाई बडा दशैंको शुभकामना दिएका छन्। उनले प्रेस विज्ञप्ति जारि गर्दै भिक्टोरियामा ठूलो संख्यामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो पर्व रहेको भन्दै शुभकामना व्यक्त गरेका हुन्। शुभकामना संदेशमा उनले नेपाली समुदायले आफ्नो सबैभन्दा ठूलो पर्वमा पनि सधैका वर्षभन्दा अलग तरिकाले संयमताका साथ मनाउँदै गरेकोमानेपाली समुदायलाई धन्यवाद समेत दिएका...

Read More

आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (अक्टोबर २३, शुक्रबार)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार कार्तिक ७ ( अक्टोबर २३) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ३१ पैसा तोकिएको छ । अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

Read More

नेपाल प्रहरीद्वारा आफ्ना समस्या बारे प्रतिवेदन सार्वजनिक

नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् ।  तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम अत्यधिक बढेपछि उनीहरूको समस्या बुझ्न प्रहरीले नौ महिना लगाएर स्थलगत रूपमै अध्ययन गरेको थियो । बिहीबार महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गरेका छन् ।  प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठवटा समस्या बताएका छन् । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदासमेत नपाएको उनीहरूको गुनासो छ । बिदा नपाउँदा परिवार...

Read More