Day: ५ कार्तिक २०७७, बुधबार १६:२४

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ।  यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको...

Read More

अष्ट्रेलियामा एक भारतीय युवाको सुपर एनुएसन एकाउन्टबाट ठगहरुले निकाले १० हजार डलर

मेलबर्न। अष्ट्रेलियामा एक भारतीय युवाको सुपर एनुएसन एकाउन्टबाट ठगहरुले १० हजार डलर निकालेका छन्। यो कुरा उनले ट्याक्स अफिसबाट फोन आएपछि मात्र पत्तो पाएका हुन्। भारतीय युवा हितेश अरोरालाई एक अनलाइनबाट अर्डर गरिएको सामान आउंदै गरेको भनि म्यासेज आएको थियो। उनले आफूले त्यो सामान अर्डर नगरेकोले अनलाइन ठगी हुनसक्ने सोंचेर म्यासेजको उत्तर दिएनन्। उनलाई त्यो अर्डरको बारम्बार म्यासेज आइरह्यो, उनले शंका गरेर जवाफ फर्काएनन्। जब उनले त्यो अनलाइन Optus मा सम्पर्क गरे, तब थाहा पाए कि, उनको मोबाइल नम्बर परिवर्तन गरिएको छ र उनकै नामबाट आइफ़ोन, आइप्याड, स्मार्टवाच अर्डर गरिएको छ। उनले त्यो अर्डर आफूले नगरेको बताए र अर्डर...

Read More

यसरि बनाउन सकिन्छ खसीको स्वादिष्ट भुटन ( भिडियो )

काठमाडौं । नेपालीको भान्सामा मांसाहारी परिकार पाक्दा धेरैजसो खसीको परिकार नै पाक्ने गर्छ । खसीको मासुलाई विभिन्न तरिकाले पकाएर त्यसका विभिन्न परिकार तयार पार्न सकिन्छ । त्यसमध्ये खसीको भुटन पनि एक हो । खसीको कलेजो र खसीको भुँडी, आन्द्राबाट खसीको भुटन बनाउने गरिन्छ । आवश्यक सामग्री : खसीको कलेजो , खसीको सफा गरेको भुँडीको भाग र आन्द्रा धनियाँ, प्याज, तेल, लसुन-अदुवाको पेस्ट, हरियो खुर्सानी रातो खुर्सानीको धुलो, बेसार, नुन, गरम मसला बेसार, दालचिनीको धुलो, सुकमेल आदि राखेर तयार गरेको विशेष मसला   विधी   ठूलो भाँडोमा पानी तताउने र त्यसमा विशेष मसला राख्ने । पानी उम्लन थालेपछि खसीको कलेजो,...

Read More

दशैंमा स्टाइलिस देखिनको लागि अपनाउनुहोस् यस्तो फेशन शैली

काठमाडौं । बडा दशैं हाम्रो आँगनमा भित्रिसकेको छ । बडा दशैं टीका आशीर्वाद संगै दुर्गा पूजा, नयाँ पहिरन र उमंगको पर्व हो । पहिरन लगाउँदा केही फरक र सुन्दर तरिकाले लगाउँदा त्यो उमंग अझ धेरै बढ्छ र दशैं विशेष बन्छ । दशैंमा कुर्ता सुरुवाल लगाउन नचाहने किशोरी तथा युवतीले सर्ट र इन्डो स्कर्ट लगाउन सक्छन् । यसले गर्दा परम्परागत र लागिरहेको पहिरन भन्दा फरक लुक्स आउंछ । यो लुगा लगाउँदा कम गहना लगाउनुपर्छ । यो पहिरन विशेष गरि किशोरीहरुलाई बढी राम्रो देखिन्छ । इन्डो मिक्स, परम्परागत रुप आउने लुगा लगाउन चाहने, तर कुर्ता लगाउन नचाहने युवतीहरुले लामो टप्स र...

Read More

‘अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रबर्द्धनका लागि पनि उल्लासका साथ दशैं मनाउनु आवश्यक’

सुरेश हाडा दशैं भन्नासाथ सबैभन्दा पहिले बाल्यकालका सम्झनाहरु आउँछन्। चङ्गा उडाउने प्रतिस्पर्धा, आज कसको चङ्गा राम्रो भन्ने प्रतिस्पर्धा। दशैं आउनुभन्दा अगाडी साथी-साथी मिलेर कहाँ चङ्गा किन्न जाने भन्ने सल्लाह गरिसकेका हुन्थ्यौं। कस्तो रङ्गको धागो भन्ने समेत सल्लाह गरिन्थ्यो। त्यसपछि नयाँ लुगा, मीठा परिकारले दिने खुशी। हामीले अनुभव गर्ने त्यो खुशी, त्यो चङ्गा उडानको प्रतिस्पर्धा त अहिले नेपालमा हुर्किरहेका बालबालिकामा पनि छैन होला। हुर्किंदै गएपछि परिवार र आफन्तहरु बीच बसेर दशैं मनाउन थालियो। परिवारमा सबै मिलेर पूजाआजा गर्ने, विवाह गरेर जानुभएका दिदीहरु पनि आउने, आफू मामाघर जाने, विवाह गरेपछि ससुराली जाने गर्दा दशैंमा छुट्टै किसिमको रमाइलो हुन्थ्यो। आफ्नो घर, छिमेक...

Read More