Day: ३ कार्तिक २०७७, सोमबार २०:१७

आजको राशिफल : २०७७ कार्तिक ४ गते ( २०२० अक्टोबर २० ) मंगलबार

आजको राशिफल : २०७७ कार्तिक ४ गते ( २०२० अक्टोबर २० ) मंगलबार मेष काम बिनाअवरोध सुचारु हुनेछन् । ठूलो सम्झौताको कामले अन्तिम रुप लिनेछ । प्रिय व्यक्तिहरुसंग भ्रमणमा गइनेछ । मनमा शान्ती छाउनेछ ।  वृष  व्यवसायमा राम्रा अवसरहरु मिल्नेछन् । वरिष्ठ व्यक्तिको सहयोगले काम बन्नेछ । चल अचल सम्पत्तिको बारेमा आज निर्णय नलिनु उचित हुनेछ ।  मिथुन विद्यार्थीहरुले कडा मिहिनेत गर्नुपर्ने समय छ । रोजगारीका अवसरहरु मिल्नेछन् । अरु व्यक्तिहरुसंग निर्भर रहेर निर्णय गर्नाले समस्या निम्तिनेछ । कर्कट  कानुनी काममा सावधानी अपनाउनुपर्ने समय छ । धार्मिक कामको लागि खर्च बढ्नेछ । साझेदारीको कामले लाभ मिल्नेछ । सिंह  सरकारी...

Read More

नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।  यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।  पछिल्लो २४ घण्टामा मात्र थप १८ जनाले ज्यान  गुमाएको मन्त्रालयले जनाएको छ...

Read More

अष्ट्रेलियामा नेपाली समुदायको क्लबबाट क्रिकेट खेल्ने अवसर

मेलबर्न। अष्ट्रेलियामा क्रिकेट खेलमा रुचि भएका र आफ्नो त्यो रुचिलाई निरन्तरता दिन चाहनेहरुलागि अवसर प्राप्त गरेको छ। मेलबर्नमा स्थापित नेपाली क्रिकेट क्लब रोयल राइनोजले क्रिकेट खेलमा रुची भएकाहरुलाई सम्पर्क गर्न आव्हान गरेको हो। रोयल राइनोजका अनुसार, नयाँ खेलाडीले आगामी सिजनको टि-२० र एकदिवसीय खेल खेल्न पाउनेछन्। यसका साथै खेलाडीलाई आफ्नो खेल तथा व्यक्तित्वमा निखार ल्याउनको लागि प्रशिक्षण समेत दिइनेछ। क्लबले आफूहरुसंग जोडिन आउने खेलाडीका लागि राम्रो वातावरण तथा धेरै भन्दा धेरै अवसरहरु रहेको उल्लेख गरेको छ। विस्तृत विवरणका लागि...

Read More

अष्ट्रेलियामा दशैं: कामबाट फ़र्किएपछि टीका लगाउने, खल्लो दशैंमा नयाँ भिडियोको केही खुशी

संजय सेन्चुरी ( विद्यार्थी / म्युजिक भिडियो निर्देशक ) नेपालमा घरपरिवारसंग दशैंको उमङ्ग छुट्टै हुन्थ्यो। यहाँ चाहिं साथीहरुसंग अलि अलि रमाइलो गरिन्छ। अहिले कोभिडका कारण पहिलेका वर्षहरुमा जस्तो रमाइलो हुन्न होला। तर दशैं भनेको जस्तोसुकै परिस्थितिमा पनि उमङ्गको चाड हो। त्यसैले हामीले अहिले दशैंको नयाँ भिडियो पनि सार्वजनिक गरेका छौं। नेपअस क्रियुका सायद श्रेष्ठको कथा तथा कोरियोग्राफी र मेरो निर्देशन तथा सम्पादनमा ‘दशैं आयो’ कभर भिडियो ल्याएका छौं। बाबा फिल्म्स युट्युब च्यानलमा यो भिडियो हेरेर सबैले रमाइलो गर्न र हामीलाई प्रतिक्रिया दिन सक्नुहुन्छ। टीकाको दिन चाहिं यसपाली मेरो छुट्टी परेको छैन। कामबाट फर्किएपछि टीका लगाउनुपर्ला भन्ने सोंचेको छु। जस्तो...

Read More

अष्ट्रेलियावासी कलमको निर्माण तथा किरण बिकको निर्देशनमा बन्ने भयो ‘भाँडाकुटी’

काठमाडौं। बडा दशैंको अवसर पारेर चलचित्र ‘भाँडाकुटी’ घोषणा गरिएको छ । घटस्थापनको दिन काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको हो। अष्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आएका कलम खड्काको निर्माण रहने चलचित्रलाई किरण बिकले निर्देशन गर्नेछन्। भाँडाकुटीमा सामाजिक परिस्थितीको कथालाई चेतनामुलक रुपमा प्रस्तुत गरिने निर्देशक किरणले बताएका छन्। चलचित्रको कथा किरण आफैले लेखेका हुन्। भाँडाकुटीमा अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषालको मुख्य भूमिका रहनेछ। चलचित्रको छायांकन आगामी फागुनबाट सुरु हुने बताइएको छ। बुटवल वरिपरिको क्षेत्रमा छायांकन हुने चलचित्रको प्रदर्शन भने आगामी साल अर्थात २०७८ मा हुनेछ। भाँडाकुटीमा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी, भिम बिकको सम्पादन रहनेछ...

Read More