Day: २ कार्तिक २०७७, आईतवार १६:४७

नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार ८७५ जनाको भएको छ भने काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल  १ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ ।  हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।  त्यस्तै यस अवधिमा २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ। यस्तै थप१२ जनाको मृत्यु...

Read More

रेष्टुरेन्टमा जस्तै स्वादिष्ट हुनेगरि खसीको मासु पकाउने तरिका ( भिडियो )

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड बडा दशैं नजिकिएको छ । दशैंमा विशेष गरि खसीको मासुका परिकार खाने चलन छ । खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ । तर केही कुरा, केही कुरा थपेर खसीको मासुलाई थप स्वादिष्ट बनाउन सकिन्छ । आवश्यक सामग्री : खसीको मासु , टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल खुर्सानीको धुलो, तेजपत्ता सुकमेल लगायतका मसला विधि : सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने । अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने । त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर...

Read More

अष्ट्रेलियाबाट नेपालमा हुने परिवार तथा आफन्तका लागि दशैं उपहार : खसी देखि गिफ्टकार्डसम्म

मेलबर्न । नेपालीहरुको सबैभन्दा ठूलो पर्व मानिने बडादशैं घर आँगनमा आइपुगेको छ । विदेशमा रहँदा विशेष गरि चाडपर्वमा घरपरिवारको सम्झनाले सताउँछ भने घरपरिवारले भने अधुरो महसुस गर्छन् । घरपरिवारबाट टाढा अष्ट्रेलियामा रहेका नेपालीहरुको यो भावनालाई बुझ्दै केक टु नेपालले दशैंमा खुशी बढाउने प्रयास गरेको छ । केक टु नेपालले काठमाडौं, चितवन, नवलपरासी, पोखरा, बुटवल लगातका शहरहरुमा केक तथा उपहार फ्री डेलिभर गर्दै आएको छ । विगत तीन वर्षदेखि जन्मदिन, आमाको मुख हेर्ने दिन, बुवाको मुख हेर्ने दिन आदि दिनमा धेरै परिवारमा खुशी भर्दै आएको केक टु नेपालले दशैंको लागि विशेष योजना ल्याएको हो । दशैंको प्याकेज भित्र खसी, पूजाका...

Read More

अष्ट्रेलियामा दशैं : घरदेखि टाढा हुँदा नरमाइलो, इभेन्ट नहुँदा झन् शुन्य

सुजन खरेल ( डाइरेक्टर, सहि हो इभेन्ट एण्ड इन्टरटेनमेन्ट ) / यसपालीको दशैं योजना अरु वर्षको दशैंजस्तो भएको भए केही इभेन्टमा व्यस्त भइन्थ्यो होला। दशैंको समयमा घरपरिवारसंगै रमाइलो लाग्छ। यसरी घर परिवार देखि टाढा भएर दशैं मनाउनु पर्दा नरमाइलो लाग्छ। त्यसमाथि कोरोना महामारीका कारण कुनै इभेन्ट नहुँदा यसपालीको दशैं शुन्य भएको छ। टीकाको दिन कामबाट छुट्टी नमिल्दा अझ दु:ख लाग्छ। कति साथीहरुको छुट्टी छैन। मेरो भने त्यो दिन छुट्टी परेको छ। लकडाउनले गर्दा पहिले जस्तो धेरै साथीभाइ संगै मिलेर मनाउने अवस्था पनि छैन। त्यहि हो, दुई चार जना साथीसंग मिलेर रमाइलो गरिन्छ। खसीको मासु ल्याइन्छ, खाइन्छ। टीका-जमरा लगाइन्छ। प्रार्थना...

Read More

अष्ट्रेलियामा लकडाउनले जन्माएको म:म किङ्गडम, जसले जित्दैछ अहिले सबैको मन

कोरोना महामारी र यसले भित्र्याएको लकडाउनका कारण अहिले विश्व नै आक्रान्त बनिरहेको छ। कैयौंले रोजगारी गुमाइरहेका छन् भने कैयौं साना-ठूला व्यवसायहरु बन्द हुने स्थितिमा छन् र केही त बन्द पनि भइसकेका छन्। तर यही नकारात्मक पक्षभित्र सकारात्मकताको खोजी गर्दै गर्दा निस्किएको नतिजा हो – अष्ट्रेलियाको मेलबर्नमा अहिले संचालित म:म किङ्गडम। मेलबर्नमा इभेन्ट कम्पनिको रुपमा स्थापित सोलाङ्गचर टिमले गत वर्षको जनवरी महिनामा आफ्नो व्यवसायिक क्षेत्रलाई विस्तार गर्ने उद्देश्यले रिसेप्सन भेन्यु संचालनमा ल्यायो। तर त्यस लगत्तै सुरु भएको कोरोना महामारीका कारण मार्च महिनामा उक्त रिसेप्सन भेन्यु बन्द गर्नुपर्ने अवस्था आयो। एकातिर इभेन्टको काम पनि बन्द जस्तो भयो भने अर्कोतिर भर्खरै संचालन...

Read More