Day: १ कार्तिक २०७७, शनिबार १५:१४

परिवार र समाजको भेदभावपूर्ण व्यवहारलाई चुनौती दिंदै उदाएको एउटा जीवन

कामना न्यौपाने समाजबाट तिरस्कृत महसुस भयो भने व्यक्तिले आफ्ना आमा-बुवाको छहारी खोज्छ र त्यही छहारीलाई आफ्नो जीवनको सहारा सम्झेर अगाडी बढ्छ। तर समाजबाट मात्र होइन, आफूलाई जन्मदिने व्यक्तिबाट नै अपहेलित हुनुपर्यो भने ? र, त्यो पनि, आफ्नो कुनै गल्तीले नभई शारीरिक अपाङ्गताका कारणले। वि.सं. २०१५ चैत्र २७ गते गुल्मीको खड्गकोटमा जन्मिएका लोकनाथ ढकालको शारीरिक विकासमा उनी डेढ / दुई वर्षको हुँदादेखि नै समस्या देखिन थाल्यो। उनका खुट्टा लुला भए, शरीर सानो र सुकेको देखिन थाल्यो । शारीरिक विकास राम्रोसंग नभएकै कारणले उनी ५ वर्षको हुँदा मात्रै पाइला चल्न सकेका थिए । अरु बालबालिका स्कुल जाँदै गर्दा लोकनाथ ढकाल घरमा...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या १ मात्र, मृत्यु शुन्य

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया कोरोना भाइरसका नयाँ संक्रमितको संख्या ४ महिना यताकै सबैभन्दा कम देखिएको छ। शनिबार बिहान सम्म पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या १ मात्र रहेको छ। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ। Yesterday there was 1 new case & the loss of 0 lives reported. The rolling 14 day average is down in metro Melb & regional Vic. Cases with unknown source is stable. More info available later today. https://t.co/pcll7ySEgz #COVID19VicData pic.twitter.com/yCu0ZgdCpI— VicGovDHHS (@VicGovDHHS) October 16,...

Read More

विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा

काठमाडौं – विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो । सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ । एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ । यस परिवेशमा खाद्य असुरक्षा र...

Read More

दशैँको किनमेलमा सुरक्षित भएर निस्कन आग्रह

सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा भीड बढेसँंगै कोरोनाको जोखिम पनि बढेकाले भीडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गरे । उनले हुल बाँधेर हिँड्ने र बजारमा भीड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तित समेत बनेको भन्दै भीडभाडमा नजान आग्रह गरे । प्रवक्ता गौतमले विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमित भइएला भन्ने ध्यान दिन अपिल गरे ।  उनले मास्क नाकमुख छोप्नेगरी लगाएर भौतिक दूरी कायम...

Read More

बडादशैँ सुरु : आज घटस्थापना

काठमाडौं । कात्तिक १ गते शनिबार ( अक्टोबर १७ ) देखि नेपालीको महान् चाड बडादशैँ भएको छ ।  दशैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले  लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ। यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ। आज चोखो स्थलबाट बालुवा वा माटो ल्याएर ...

Read More