Day: ३० आश्विन २०७७, शुक्रबार २१:५३

आजको राशिफल : २०७७ कार्तिक १ गते ( अक्टोबर १७, २०२० ) शनिबार

आजको राशिफल : २०७७ कार्तिक १ गते ( अक्टोबर १७, २०२० ) शनिबार मेष स्वास्थ्यमा समस्या देखिन सक्नेछ । आर्थिक तनाव वा लेनदेनमा विवाद हुन सक्ने योग रहेको छ।  विद्यार्थीहरुको लागि राम्रो समय छ।   वृष पेट सम्बन्धि समस्याले सताउनेछ । नकारात्मक विचारहरु उत्पन्न हुनेछन् । कुनै शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।  मिथुन रिसमा नियन्त्रण गर्नुपर्ने दिन रहेको छ । परिवारमा तनाव सिर्जना हुन सक्छ । आर्थिक लाभ मिल्नेछ ।  कर्कट सुखद समाचार सुन्न पाइनेछ । कसैसंग मनमुटावको स्थिति पनि सिर्जना हुन सक्छ । आर्थिक समस्याले सताउनेछ ।  सिंह कुनै कुराले मनमा चिन्ता बढ्नेछ । आफ्नो योग्यता तथा...

Read More

अष्ट्रेलियाबाट नेपअस र बाबा फिल्मको दशैं विशेष कोसेली

मेलबर्न। अष्ट्रेलियाबाट नेपअस क्रियु र बाबा फिल्म्सको दशैं विशेष कोसेली युट्युब मार्फत आइपुगेको छ। नेपअस क्रियु अष्ट्रेलियामा रहेर नेपाली कला, संस्कृति, नेपाली संगीत तथा नृत्यको सम्बर्द्धन तथा प्रबर्द्धनमा लागिरहेको छ भने बाबा फिल्म्स नेपाली गीत संगीत तथा प्रस्तुतिहरु भिडियोको माध्यमबाट अझ माथि पुर्याउन अगाडी बढिरहेको छ। जुन उदाहरण शुक्रबार मात्रै सार्वजनिक भएको दशैं कोसेली पनि हो। बाबा फिल्म्सको युट्युब च्यानल मार्फत सार्वजनिक ‘दशैं आयो’ भिडियो नेपाली चलचित्र मुग्लानको लोकप्रिय गीत दशैं आयोको कभर भिडियो हो। भिडियोमा सायद श्रेष्ठले कोरियोग्राफी गरेका छन्। सायद श्रेष्ठ, रचना श्रेष्ठ, किरण कुँवर मगर, सिमरन कौर र सृष्टि श्रेष्ठको नृत्यले भिडियोलाई सुन्दर बनाएको छ। भिडियोको...

Read More

अष्ट्रेलियामा क्विन्सल्याण्डको बेरोजगारी दर भिक्टोरियाको भन्दा बढी

मेलबर्न। अष्ट्रेलियामा यतिबेला कोरोना महामारीका कारण बेरोजगारी दर बढिरहेको छ। र, त्यसमा पनि अष्ट्रेलियाका विभिन्न राज्यको तुलना गर्दा क्विन्सल्याण्डमा बेरोजगारी दर बढी देखिएको हो। क्विन्सल्याण्डमा अगस्ट महिनामा भन्दा सेप्टेम्बर महिनामा बेरोजगारी दर अझ बढेको देखिएको छ। अगस्टमा क्विन्सल्याण्डको बेरोजगारी दर ७.५ थियो भने सेप्टेम्बर महिनामा ७ .७ पुगेको तथ्यांकले देखाउँछ। र, भिक्टोरियाको बेरोजगारी दर ६ .७ प्रतिशत रहेको छ। क्विन्सल्याण्ड सरकारले भने बेरोजगारी दर बढे पनि त्यो भन्दा धेरै प्रतिशतले रोजगारी सिर्जना भइरहेको उल्लेख गरेको छ। यस विषयमा लिबरल नेशनल पार्टीका नेताहरुले लकडाउनमा रहेको भिक्टोरियाको भन्दा क्विन्सल्याण्डको बेरोजगारी दर बढी हुनु आश्चर्यजनक रहेको बताएका छन्। Source : 7...

Read More

अष्ट्रेलियको न्यु साउथ वेल्समा कारबाट थुतेर २० वर्षिया महिलामाथि दुर्व्यवहार र लुटपाट

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कारबाट थुतेर २० वर्षिया महिलामाथि दुर्व्यवहार र लुटपाट भएको छ। बुधबार बिहान न्यु साउथ वेल्सको चार्ल्सटाउन स्थित पेसिफिक हाइवेमा उक्त घटना भएको हो। सेभेन न्युजका अनुसार २० वर्षिया ती महिला मानसिक रुपले अशक्त छिन्। त्यो दिन बिहान उनी कारमा बसिरहेको समयमा अर्को कारमा आएका व्यक्तिहरुले कार रोकेर ती महिलालाई कारबाट थुते र घचेट्दै आफ्नो कारमा राखे। त्यसपछि उनीहरुले कार चलाए। र, त्यो समयमा उनीहरुले ती महिला माथि दुर्व्यवहार गर्दै क्रेडिट कार्ड लुटेका थिए। त्यसपछि ती महिलालाई उनीहरुले एउटा घरमा पुर्याए। उनलाई जबर्जस्ति नुहाउन जान लगाए। उनले नुहाएको समयको भिडियो समेत खिचे। भिडियो सामाजिक संजालमा...

Read More

चाडपर्वको समयमा कस्तो कपडासंग कस्तो इयररिङ्ग लगाउने ? ( भिडियो )

काठमाडौं । चलिरहेको फेशन ट्रेन्ड अनुसार, लुगा मात्र मिलाएर हुँदैन, त्यससंग मिल्ने विभिन्न गहनाको पनि आवश्यकता हुन्छ । गहनामा विशेषगरि इयररिङ्ग अर्थात कानको झुम्का लगाउँदा विशेष ध्यान दिनुपर्छ । कानको झुम्काले लुगा मात्र नभएर समग्र व्यक्तित्वलाई नै उजागर गर्छ। झुम्का लगाउँदा आफूले कस्तो किसिमको लुगा लगाउंदैछु र कहाँ जाँदैछु भन्ने कुरामा ध्यान दिनुपर्छ। आजकल चलेको ट्यासल इयररिङ्ग अर्थात तल झुम्का झुण्डीएको इयररिङ्ग नेपालमा पनि लोकप्रिय भैरहेको छ । त्यो झुम्का लगाउँदा, यदि धागो झुण्डीएको झुम्का हो भने सामन्य लुगासंग मिलाएर लगाउँदा राम्रो देखिन्छ । तर त्यसमा पत्थर छ र धातुको झुम्का छ भने त्यो इयररिङ्ग विभिन्न पार्टीहरुमा साडी, कुर्ता या...

Read More