Day: २७ आश्विन २०७७, मंगलवार २३:०२

आजको राशिफल : २०७७ असोज २८ ( अक्टोबर १४, २०२० ) बुधबार

२०७७ असोज २८ ( अक्टोबर १४, २०२० ) बुधबार मेष  आर्थिक लाभ मिल्नेछ । व्यवसाय स्थापित हुनेछ । परिवारमा खुशी छाउनेछ ।  वृष आत्मविश्वासले कठिनाइको सामना गर्न सकिनेछ । सहकर्मीसंग मतभेद सिर्जना हुनेछ । स्वास्थ्यमा गडबडी देखिनेछ । परिवारका सदस्यको पूर्ण साथ र सहयोग मिल्नेछ । मिथुन  प्रतिस्पर्धामा जित हासिल हुनेछ । नयाँ प्रेम सम्बन्धको सुरुवात हुनेछ । आम्दानीको स्रोत बढ्नेछ । सम्पत्ति खरिद बिक्रिको लागि राम्रो समय रहेको छ ।  कर्कट  कडा मिहिनेत गर्नुपर्नेछ । वरिष्ठ व्यक्तिहरुसंगको सम्बन्ध बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ । अतिरिक्त जिम्मेवारी उठाउनुपर्ने समय छ ।  सिंह  नोकरीमा पदोन्नतिको योग रहेको छ ।...

Read More

अष्ट्रेलियामा विद्यार्थीहरुका लागि दिदीबहिनी समाजको आयोजनामा योग तथा ध्यान शिविर

मेलबर्न। अष्ट्रेलियामा विद्यार्थीहरुका लागि दिदी बहिनी समाजको आयोजनामा योग तथा ध्यान शिविर हुनेभएको छ। दिदीबहिनी समाज भिक्टोरीयाले कोरोना महामारीका कारण तनाव झेलिरहेका विद्यार्थीहरुका लागि उक्त अनलाइन शिविर संचालन गर्ने भएको हो। योग तथा ध्यान शिविर अक्टोबर १५ देखि सुरु हुनेछ। विद्यार्थीहरुको समय अनुकुल हुनेगरि हरेक हप्ताको बिह्बार बेलुका ६ देखि ७ बजेको लागि समय तोकिएको छ। शिविर आठ हप्तासम्म संचालन हुनेछ। हिमालयन योगीको नामले परिचित योगी मधुसुदन भेटुवालले योग तथा ध्यान प्रशिक्षण संगै यसका विभिन्न महत्व, स्वस्थ जीवनशैलीको लागि अपाउनुपर्ने बानी लगायत कुराहरुको बारेमा चर्चा गर्नुहुनेछ। ध्यान शिविरको जुम मिटिंगमा सहभागी हुनको लागि :\ https://zoom.us/j/95650603489?pwd=UEFpZHpibFQxbE14ZUp1Yk1DdTRpdz09 Meeting ID: 956 5060...

Read More

अष्ट्रेलियाको एडलेडमा युवतीमाथि यौन दुर्व्यवहार, १७ वर्षीय किशोर पक्राउ

एडलेड। अष्ट्रेलियाको एडलेडमा युवतीमाथि यौन दुर्व्यवहार भएको छ। सोमबार बिहान उक्त घटना घटेको हो। प्रहरीका अनुसार, युवतीमाथि १७ वर्षीय अपरिचित किशोरले यौन दुर्व्यवहार गरेका थिए। ती किशोरले युवतीलाई पछ्याउंदै यौन प्रस्ताव राखेको र बेवास्ता गर्दा यौन दुर्व्यवहार गरेको बताइएको छ। युवती भाग्न सफल भएको र उनलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ। दुर्व्यवहार गर्ने किशोरलाई प्रहरीले पक्राउ गरि जेल चलान गरेको...

Read More

दशैंमा घर तथा अफिसमा कस्तो रंग लगाउनु राम्रो ? यस्तो भन्छ वास्तुशास्त्र

काठमाडौं । धेरैजसोले आफ्नो व्यक्तिगत रोजाइ अनुसार घरमा रंग लगाउने गर्छन् । तर यसरी घरको रंगरोगन गर्दा वास्तुशास्त्रलाई ध्यान दिन सकेमा घरले साँच्चै नै सकारात्मक ऊर्जा दिने हुन्छ । वास्तुशास्त्र अनुसार घर यदि पूर्व फर्केको छ भने, हल्का रंग उपयुक्त हुन्छ । पूर्व फर्केको घरको लागि हल्का गुलाबी, हल्का रातो वा सुन्तला रंग राम्रो हुन्छ। यदि घर पश्चिम फर्केको छ भने, त्यो घरमा हल्का हरियो, हल्का निलो या हल्का खैरो रंग लगाउनुपर्छ। यदि घर दक्षिण फर्केको घर छ भने, त्यसमा गाढा रंग लगाउनुपर्छ । त्यस्तो घरमा गाढा हरियो, गाढा निलो रंग लगाउनुपर्छ। यदि घर उत्तर फर्किएको छ भने त्यो...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा इभनिङ्ग वकमा हिंड्दै गरेकी महिलालाई समातेर घिसार्दै यौन दुर्व्यवहार

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा इभनिङ्ग वकमा हिंड्दै गरेकी महिलामाथि यौन दुर्व्यवहार भएको छ। मेलबर्नको साउथइस्टमा Whittakers Road मा अक्टोबर ८ को बेलुका ६ बजे हिंड्दै गरेकी महिलामाथि यौन दुर्व्यवहार भएको हो। ती महिलाले हिंडिरहेको समयमा एक व्यक्तिले आफूलाई पछ्याएको र दुर्व्यवहार गरेको प्रहरीलाई बताएकी छिन्। भिक्टोरिया प्रहरीका अनुसार, हिंडिरहेकी ती महिलालाई २० वर्ष उमेर जस्तो देखिने व्यक्तिले पछ्याएको थियो। महिलाले एउटा ठूलो कुकुर सहितको त्यो व्यक्तिले पछ्याएको बताएकी छिन्। त्यसपछि त्यो व्यक्तिले महिलासंग यौन प्रस्ताव राख्दै कुरा गर्न थाल्यो। ती महिला उसलाई बेवास्ता गर्दै छिटो छिटो हिंड्न थालिन्। त्यसपछि त्यो व्यक्तिले उनलाई समातेर यौन दुर्व्यवहार गरेको र घिसार्दै पार्कमा लैजाने...

Read More