Day: २६ आश्विन २०७७, सोमबार १४:४८

अष्ट्रेलियाको अस्थायी भिसा होल्डरहरुलाई भिसा शुल्कमा छुट

मेलबर्न। अष्ट्रेलियाले अस्थायी भिसा होल्डरहरुलाई भिसा शुल्कमा छुट दिनेभएको छ। कोरोना महामारी नियन्त्रणको लागि भइरहेको लकडाउनका कारण अष्ट्रेलिया आउन नपाएका अस्थायी भिसा होल्डरहरुलाई भिसा शुल्कमा छुट हुने भएको हो। टुरिस्ट भिसा, वर्किङ्ग होलिडे भिसा, सिजनल वर्कर भिसा, विवाहको लागि पार्टनर भिसा, स्किल्ड वर्कर भिसा, विद्यार्थी भिसा होल्डरहरुलाई भिसा प्रकार अनुसार शुल्कमा छुट या नि:शुल्क गरिने बताइएको छ। अष्ट्रेलिया आउन नपाएका र भिसाको म्याद मार्च २०२० देखि डिसेम्बर २०२१ सम्ममा सकिने भिजिटर भिसा होल्डरहरुले फेरी नयाँ भिसाको लागि आवेदन दिंदा भिसा शुल्कमा छुट हुनेछ। अहिले अष्ट्रेलिया आउन नपाएका स्किल्ड भिसा ( सबक्लास ४८२ र ४५७ ) होल्डरहरुले नयाँ भिसाको लागि...

Read More

साउथ अष्ट्रेलियामा आयोजित ‘जुनियर वर्ल्ड कप २०२०’ मा नेपाली टिमको उत्कृष्ट प्रदर्शन

एडलेड। साउथ अष्ट्रेलियामा आयोजित ‘जुनियर वर्ल्ड कप २०२०’ मा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालको प्रतिनिधित्व एडलेड नेप्लिज क्रिकेट एसाेशियसन (एनका) ले गरेको हो। साउथ अष्ट्रेलियन क्रिकेट एसोसिएसन (साका) ले ‘जुनियर वर्ल्ड कप २०२०’ को आयोजना गरेको थियो। जसमा नेपालसंगै भारत, पाकिस्तान, चीन, अफ्रिका, बंगलादेश, अफगानिस्तान, श्रीलङ्का र यहाँको आदिवासी समुदायबाट प्रतिनिधित्व रहेको थियो । प्रतिस्पर्धी प्रतियोगिता भन्दा बहुसांस्कृतिक सहिष्णुता तथा उत्सवको रुपमा बालबालिकालाई खेलाउंदै आइएको यस प्रतियोगितामा बालबालिकाहरुलाई अन्डर १० र अन्डर १२ गरि दुई समुहमा खेलाइएकाे थियाे । टिमको हार जित घोषणा गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने उल्लेख गर्दै आयोजक संस्थाले विजेता, उपविजेता घोषणा गर्ने गरेको...

Read More

अष्ट्रेलियामा मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रम सम्पन्न, सामाजिक अगुवाहरुलाई प्राथमिक उपचार तालिम

मेलबर्न। अष्ट्रेलियामा मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य सम्बन्धमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको अष्ट्रेलिया नेपाल पब्लिक लिंक ( ANPL ) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कोरोना महामारीका कारण चलिरहेको लकडाउनले गर्दा कार्यक्रम अनलाइन ( जुम मिटिंग ) मार्फत गरिएको थियो। आयोजक संस्था ANPL का अध्यक्ष निराजन गौलीले कार्यक्रममा मानसिक स्वास्थ्य, आत्महत्या लगायतको वर्तमान अवस्था र तथ्यांक सार्वजनिक गर्नुभएको थियो। जसले गर्दा सहभागीहरुलाई मानसिक बिरामी, आत्महत्याको विकराल रुप थाहा पाउन मद्दत पुग्यो। कार्यक्रमको दोस्रो चरण संस्थापक अध्यक्ष तथा मानसिक स्वास्थ्य सम्बन्धि प्राथमिक उपचारका प्रशिक्षक भारत नेपालको स्वागत मन्तव्यबाट सुरु भएको थियो। त्यसपछि प्रोफेसर एन्थनी जोर्मले...

Read More

अष्ट्रेलियाको सिड्नी स्थित क्लिनिकका दुई डाक्टरमा कोरोना संक्रमण पुष्टि

सिड्नी। अष्ट्रेलियाको सिड्नी स्थित क्लिनिकका दुई डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित दुवै जना Lakemba स्थित A2Z मेडिकल क्लिनिकमा कार्यरत डाक्टरहरु हुन्। डाक्टरहरुलाई संक्रमण पुष्टि भएपछि क्लिनिकमा कार्यरत सबै जनाको कोरोना परीक्षण गरिएको छ र हाल उनीहरु सबै आइसोलेसनमा छन्। न्यु साउथ वेल्स जनस्वास्थ्य विभागले उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको खोजी गरिरहेको...

Read More

अष्ट्रेलियाको सिड्नीमा यस दिन बस चढेकाहरुलाई अनिवार्य आइसोलेसनमा बस्न सरकारको आग्रह

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा बस चढेकाहरुलाई अनिवार्य आइसोलेसनमा बस्नको लागि सरकारले आग्रह गरेको छ। न्यु साउथ वेल्स अन्तर्गतको जनस्वास्थ्य विभागले अक्टोबर ४ मा सेन्ट्रल स्टेसनबाट ११ :४९ मा चढेर १२:१५ मा Strathfield पुगेकाहरुलाई अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेको हो। उक्त बसमा कोरोना संक्रमितसंग यात्रुहरुको सम्पर्क भएको या दूरी कायम नभएको पाइएकोले सबैलाई अनिवार्य रुपमा १४ दिनसम्म आइसोलेसनमा बस्न र कोरोना परिक्षण गर्न आग्रह गरिएको...

Read More