Day: २५ आश्विन २०७७, आईतवार १५:३५

अष्ट्रेलियावासी कपिल र सागरको लकडाउन कथा

मेलबर्न। अष्ट्रेलियावासी नेपाली युवा कपिल सापकोटा र सागर कुँवरको लकडाउनको कथा सार्वजनिक भएको छ। युट्युब मार्फत उनीहरुको र्याप गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। कोरोना महामारीका कारण अहिले अष्ट्रेलियाका विभिन्न राज्यमा लकडाउन चलिरहेको छ। लकडाउनका कारण व्यापार व्यवसाय, कलेज ठप्प छन्। जसले गर्दा विद्यार्थीहरु न त कलेज जान पाएका छन्, न त काममा नै। काममा जान नपाएका कारण उनीहरुको आम्दानी पनि हराएको छ। कोरोना महामारी र लकडाउनका यिनै कुरालाई समेट्दै कपिल र र सागरले लकडाउन गीत गाएका छन्। मिस्टा चाम्लिङ्गको निर्देशन रहेको म्युजिक भिडियोलाई अनिश गौतमले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले बजारमा ल्याएको...

Read More

अष्ट्रेलियामा विद्यार्थीलाई आफ्नो समस्या राख्न मात्र नभई समग्र व्यक्तित्व विकासको लागि: एडभाइजरी काउन्सिल

मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार परिषद (एडभाइजरी काउन्सिल) गठन गर्ने भएको छ। संस्थाले नेपाली विद्यार्थीहरुका अनुभव, समस्या तथा सल्लाह-सुझावलाई प्रतिनिधित्व तथा सम्बोधन गर्ने प्लाटफर्मको रुपमा सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको हो। परिषदमा अष्ट्रेलियाका हरेक राज्य तथा टेरिटोरीमा रहेका विद्यार्थीहरुको प्रतिनिधित्व रहने उल्लेख गर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल भन्नुहुन्छ, ” एनआरएनए अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुका समस्यालाई सम्बोधन गर्दै सहयोग समेत गर्दै आइरहेको छ। त्यो सम्बोधन तथा सहयोगलाई अझ प्रभावकारी बनाउन, अष्ट्रेलियामा रहेका सबै विद्यार्थीहरुको आवाजलाई समेट्न तथा उनीहरुको पहुँच संस्थासम्म र संस्था मार्फत सम्बन्धित निकायसम्म पुर्याउन एनआरएनए अष्ट्रेलियाले पहिलो पटक एडभाइजरी काउन्सिल स्थापना गर्ने निर्णय...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा सामाजिक दूरीको नियम केही खुकुलो हुने संकेत

मेलबर्न। अष्ट्रेलियको भिक्टोरियामा सामाजिक दूरीको नियम केही खुकुलो हुने देखिएको छ। भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयुले आगामी आइतबार देखि नियम केही खुकुलो हुने संकेत गरेका हुन्। प्रिमियर एन्ड्रयुले संकटकाल यथावत रहेपनि आगामी आइतबार देखि नियममा केही खुकुलो गरिने उल्लेख गरेका छन्। उनले हाल कायम रहेको ५ किलोमिटर दूरी सम्बन्धि नियमको बारेमा छलफल भइरहेको बताएका छन्। प्रिमियर एन्ड्रयुका अनुसार, के-के कुरामा खुकुलो गर्ने भन्ने बारेमा अझै निर्णय भइसकेको भने...

Read More

अष्ट्रेलियाको भिक्टोरिया सरकारले १ महिनाको लागि फेरी थप गर्यो संकटकालको अवधि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले अझै १ महिनाको लागि संकटकालको अवधि थप गरेको छ। कोरोना भाइरस संक्रमितको संख्या बढेसंगै भिक्टोरियाले अगस्ट २ मा पहिलो पटक संकटकालको घोषणा गरेको थियो। पहिलेको तुलनामा हाल भिक्टोरियामा कोरोना संक्रमितको संख्या न्युन रहेको छ। तर अझै पनि संक्रमण नियन्त्रणमा आइनसकेको जनाउंदै सरकारले संकटकाल अझै लम्बिने बताएको हो। भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयुले कोरोना संक्रमण नियन्त्रणका लागि हालको संकटकाललाई लम्ब्याउनु उचित उपाय रहेको निष्कर्ष निस्किएका कारण सरकारले यो निर्णय लिएको बताएका छन्। उनले स्वास्थ्य विभाग तथा अधिकारीहरुको सल्लाह अनुसार निर्णय लिएको समेत स्पष्ट पारेका छन्। प्रिमियर एन्ड्रयुले पत्रकार सम्मेलनमा संकटकाल बढाउने चाहना सरकारको पनि नरहेको तर...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा भेटिए ५ नयाँ संक्रमित

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरसका पाँच जना नयाँ संक्रमित भेटिएका छन्। पाँच नयाँ संक्रमित मध्ये दुई जना अन्य देशबाट आई होटल क्वारेन्टिनमा बसेका व्यक्ति रहेको बताइएको छ। त्यस्तै, नयाँ संक्रमित मध्ये तीन जनालाई समुदाय स्तरबाट संक्रमण सरेको हो। त्यसमध्ये पनि एक जनालाई प्राइभेट क्लिनिकबाट संक्रमण सरेको थाहा भएको छ, जुन क्लिनिक केही दिन देखि कोरोना हटस्पटको रुपमा देखिएको छ। र, एक व्यक्तिलाई पूराना संक्रमितको सम्पर्कबाट संक्रमण सरेको हो। तीन जना मध्येका अर्का एक व्यक्तिलाई भने कहाँबाट संक्रमण सर्यो भन्ने पत्ता लागेको...

Read More