Day: २४ आश्विन २०७७, शनिबार १०:०४

अष्ट्रेलियाको भिक्टोरियामा थपिए १४ जना नयाँ संक्रमित

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा १४ जना नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितको यो संख्या शनिबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो। नयाँ संक्रमितको संख्या केही दिन देखि लगातार १० भन्दा माथि रहेका कारण १४ दिनको औसत फेरी केही बढेको छ। भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने शुन्य रहेको छ। Yesterday there were 14 new cases & no deaths reported. Cases with unknown source are down in Metro Melbourne. More data will be available later today. Info: https://t.co/pcll7ySEgz #COVID19VicData pic.twitter.com/RHnumPj3D7— VicGovDHHS (@VicGovDHHS) October 9,...

Read More

व्यापारीले योजनाबद्ध रूपमा बढाए पानीको मूल्य

व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी मूल्य ५० रूपैयाँ तोकेपछि करिब दुई महिनापछि व्यापारीले पानीको मूल्य बढाएर बेच्न थालेका हुन् ।   विभागले ५० रूपैयाँ एमआरपी मूल्य तोकेकोमा चौतर्फी विरोध भएपछि कार्यान्वयन नगर्न निर्देशन दिएको भए पनि व्यापारीले त्यसलाई आधार बनाई मूल्य बढाएर बेच्न सुरु गरेका हुन् । खरिद भाउ बढेर आएकाले मूल्य बढाएको काठमाडौं–१६ मा पानी बिक्री गर्ने प्रमोद गुरागाईंले बताए । ‘एक जार पानी ४० रूपैयाँमा बेच्दै...

Read More

गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ सञ्चालन

काठमाडौं – सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुरूप सहरी विकास मन्त्रालयले ‘खरको छानोमुक्त अभियान’ सञ्चालनमा ल्याएको हो । विपन्नका लागि ल्याइएको अभियानअन्तर्गत सरकारले विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाइदिनेछ । चालु आर्थिक वर्ष २०७७/७८ मा सातै प्रदेशका गरी १ लाख ४३ हजार २ सय १८ घरधुरी खरमुक्त बनाउने लक्ष्य छ । त्यसअनुसार खरको धुरीमुक्त अभियान तीव्रतासाथ अघि बढाइएको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनका अनुसार खर हटाएर टिनको धुरी बनाइनेछ । आर्थिक वर्ष २०७५/७६ देखि नै सुरु भए पनि कार्यविधि नभएकाले अभियानले तीव्रता पाउन सकेको थिएन...

Read More

भारतबाट तामझामका साथ भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेको हो । ३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सात वटा स्टेसन रहेका छन् । त्यसका लागि कम्तीमा २ सय कर्मचारी आवश्यक पर्नेछ । रेल वे कम्पनी लिमिटेडले कर्मचारी भर्नाका लागि १ सय २९...

Read More