Day: २३ आश्विन २०७७, शुक्रबार १५:३१

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार परिषद गठन गर्दै एनआरएनए, विद्यार्थीलाई EOI भर्न आव्हान

मेलबर्न। गैरआवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि सल्लाहकार परिषद गठन गर्ने भएको छ। संस्थाले विद्यार्थीहरुका अनुभव, समस्या तथा सल्लाह-सुझावलाई प्रतिनिधित्व तथा सम्बोधन गर्ने सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको हो। एनआरएनए अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार परिषदका लागि सामाजिक संजाल मार्फत EOI सार्वजनिक गरेको छ। सल्लाहकार परिषदमा रहन इच्छुक नेपाली मुलका विद्यार्थीले उक्त EOI भर्न सक्नेछन्। एनआरएनए अष्ट्रेलियाले उक्त परिषद गठनको लागि अष्ट्रेलियाका सबै राज्य तथा टेरिटोरीका विद्यार्थीहरुलाई EOI भर्न आव्हान गरेको छ। ती विद्यार्थीले सम्बन्धित राज्य तथा टेरिटोरीको प्रतिनिधित्व गर्नेछन्। EOI १६ अक्टोबर सम्ममा भरिसक्नुपर्नेछ। विस्तृत जानकारी तथा EOI भर्नका लागि क्लिक गर्नुहोस् >>...

Read More

अष्ट्रेलियाबाट विश्व मानसिक स्वास्थ्य दिवस विशेष अनलाइन कार्यक्रम

मेलबर्न। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा अष्ट्रेलियाबाट विशेष अनलाइन कार्यक्रम हुनेभएको छ। मेलबर्न चौतारीको आयोजनामा “Different Faces of Mental Illness” शिर्षकको कार्यक्रम हुने भएको हो। आयोजकका अनुसार, डा. तिलक पोखरेल सहजकर्ता रहने उक्त कार्यक्रममा डा. अनुपम पोखरेलसँग मानसिक बिमारीका विभिन्न लक्षण तथा प्रकारको बारेमा कुराकानी हुनेछ। मानसिक स्वास्थ्य या मानसिक बिमारीको बारेमा केही जिज्ञासा भएमा जानकारी गराउन सकिनेछ। कार्यक्रममा ती जिज्ञासा मेटाउने प्रयास गरिनेछ। कार्यक्रम शनिबार, अक्टोबर १० मा दिउँसो १ बजे देखि २ बजेसम्म मेलबर्न चौतारीको फेसबुक पेज Mel Chautari मार्फत प्रत्यक्ष प्रसारण...

Read More

अष्ट्रेलियाका लागि यस्तो छ दशैंको टीकाको साइत

मेलबर्न। हिन्दु धर्मालम्बीहरुको महान चाड विजयादशमी यस वर्ष कात्तिक १० गते (अक्टोबर २६) मा परेको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको बैठकले नेपालको काठमाडौँका लागि बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । त्यस्तै, अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको बैठकले अष्ट्रेलियाका विभिन्न सहरहरुको लागि पनि टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। अष्ट्रेलियाको सिड्नीको लागि बिहान ०९:४३ बजे, मेलबर्नका लागि बिहान ९:५३ बजे र ब्रिसबेनका लागि बिहान ९:५१ बजेको साइत उत्तम रहेको छ। त्यसैगरी, एडलेडको लागि बिहान १०:५७ बजे , क्यानबेराका लागि बिहान ९:२७ बजे, तास्मानियाका लागि बिहान ९:२१ बजे पर्थका लागि बिहान १०:३५ र डार्विनका लागि बिहान ९:११ बजे उत्तम...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा अब फेस सिल्ड, स्कार्फ लगाउनेलाई २०० डलर जरिवाना

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा अब फेस सिल्ड, स्कार्फ लगाउनेलाई दुई सय डलर जरिवाना लाग्ने भएको छ। कोरोना संक्रमणको यो समयमा मास्क नलगाई फेस सिल्ड, स्कार्फ लगाउनेहरुलाई जरिवाना लाग्ने भएको हो। कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि अन्य व्यक्तिसंग नजिक हुँदा, घर बाहिर निस्किँदा नाक र मुख अनिवार्य रुपमा राम्रोसंग छोपिएको हुनुपर्छ। भिक्टोरिया सरकारले फेस सिल्ड, स्कार्फ लगायत तरिका प्रयोग गर्दा नाक मुख राम्रोसंग नछोपिने र कोरोना संक्रमण नियन्त्रणका लागि सघाउ नपुग्ने कुरा उल्लेख गर्दै यी तरिका नअपनाउन र मास्क लगाउन सबैलाई आग्रह गरेको छ। सरकारले मास्क नलगाई यी तरिका अपनाएको पाइएमा अक्टोबर १२ देखि दुई सय डलर जरिवाना लाग्ने जनाएको...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा थपिए १० नयाँ संक्रमित

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा १० जना कोरोना संक्रमित थपिएका छन्। बिहिबार १२ हजार जनामा गरिएको कोरोना परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो। थपिएका १० जना संक्रमित मध्ये ५ जना होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन्। पाँच जनालाई समुदाय स्तरबाट संक्रमण सरेको पत्ता लागेको छ। ती मध्ये तीन जनालाई एउटा प्राइभेट क्लिनिकबाट संक्रमण सरेको , एक जना संक्रमण सरेकै व्यक्तिसंगै काम गर्ने भएका कारण सरेको र पाँचौं व्यक्तिलाई भने कोरोना संक्रमणको जोखिम मानिएको पूरानै ठाउँबाट सरेको बताइएको छ। #COVID19 cases recorded in NSW in the 24 hours to 8pm last night:– 5 cases were diagnosed in returned travellers in...

Read More