Day: २१ आश्विन २०७७, बुधबार २२:२८

सन्चार उद्दमी पौडेललाई कोरोना संक्रमण

संचार उद्दमी नबीनराज पौडेललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण देखिएसँगै उनी काठमाडौंको रानीबन स्थित निवासमा ‘होम आइसोलेसन’ मा बसेका छन् । कांग्रेसका युबा नेता समेत् रहेका उद्दमी पौडेललाई केन्द्रीय डायग्नोस्टिक प्रयोगशाला तथा अनुसंधान केन्द्रमा स्वाब परिक्षण गर्दा आज कोरोनाको पोजेटिभ रिपोर्ट आएको पारिवारिक स्रोतले जनाएको छ ।उनको केही सम्पर्क ब्यक्तीमा संक्रमण देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । सन्चारकर्मी पौडेलले कोरोना पुष्टि गर्दै सामाजिक सन्जाल फेसबुकमा भनेका छन् मलाई कोभिड(१९ संक्रमण पुष्टि भएकाले म सँगै सम्पर्क हुनुहुने सबै सतर्क रहनुस् ।”प्रोफेशनल मिडिया ग्रुपका अध्यक्ष समेत रहेका पौडेलले कोरोनालाई जित्न सफल हुने विश्वाश लिएका छन्...

Read More

आईपीएल : राजस्थानलाई ५७ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा

साविक विजेता मुम्बई इण्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । युएइको अबुधाबी स्थित  शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। मुम्बईका सूर्यकुमार यादवले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन...

Read More

बलिउड निर्देशक तथा अजय देवगनका भाइ अनिल देवगनको निधन

बलिउड निर्देशक अनिल देवगनको निधन भएको छ। अनिलको हृदयघातका कारण सोमबार राति मृत्यु भएको हो । अनिलले ‘राजु चाचा’, ‘ब्ल्याकमेल’ र ‘हाल-ए-दिल’को निर्देशन गरेका थिए । अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटें’बाट सहायक निर्देशकका रुपमा काम गर्न थालेका अनिल ‘सन अफ सरदार’का क्रियटिव निर्देशक थिए । अजय अभिनित ‘जान’, ‘इतिहास’ र ‘प्यार तो होना हि था’ मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए । उनी बलिवुडका चर्चित अभिनेता अजय देवगनका भाइ हुन्। अभिनेता अजयले एक ट्विट गर्दै आफ्ना भाइ अनिलको गत राति निधन भएको बताएका छन् । उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हिजो राती मैले...

Read More

तातोपानी नाका फेरि बन्द

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो । कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो । कोरोना सक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो । सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी सुक्खा बन्दरगाह भन्सार...

Read More

विप्लवको नेकपा स्थापना दिवस धुमधामसँग मनाउने तयारीमा, सैन्य शक्ति प्रदर्शन गर्न प्रशिक्षण कार्यक्रम

मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ । केन्द्रीय सैन्य कमाण्डर उदय चलाउनेको प्रमुख उपस्थितिमा प्रशिक्षण चलेको छ । यसै साता जाजरकोटको नलगाड नगरपालिका र कुशे क्षेत्रमा प्रशिक्षण दिएर टोली डोल्पा र रुकुमतर्फ केन्द्रित भएको बताइन्छ । कालिकोट र जुम्लामा तालिम दिएर जाजरकोट आएको टोलीले हतियार र सेनाको आवश्यकता, एकरुपता र आफ्नो ताकतबारे ब्रिफिङ गरेको थियो...

Read More