Day: २० आश्विन २०७७, मंगलवार १२:१४

अष्ट्रेलियाको क्विन्सल्याण्डमा ६ वर्षिया बालिकाले स्ट्रबेरी खाँदा भेटियो सियो !

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा ६ वर्षिया बालिकाले स्ट्रबेरी खाँदा सियो भेटिएको छ। सोमबार राती ती बालिकाले स्ट्रबेरी खाँदा दुखेपछि आफ्नी आमालाई बताईन्। आमाले उनको मुखबाट स्ट्रबेरी निकाल्दा सियो जस्तो वस्तु भेटिएको बताएकी छिन्। घटना पछि लगत्तै बालिकालाई अस्पताल लगिएको थियो। डाक्टरहरुले बालिकालाई गहिरो चोट भने नलागेको बताएका छन्। Source :...

Read More

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरु २०२१ मा फर्कन सक्ने !

मेलबर्न। अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरु अर्को वर्ष अर्थात २०२१ मा मात्र फर्कन पाउने अनुमान गरिएको छ। मंगलबार प्रस्तुत गरिएको बजेट भाषणमा उक्त कुरा उल्लेख गरिएको हो। बजेट भाषणमा उल्लेख गरिए अनुसार, कोरोना संक्रमण विरुद्धको खोप २०२१ को जुलाई महिना पछि मात्र आउने अनुमान गरिएको छ। यसले गर्दा सामाजिक दूरी अपनाएर योजनाबद्ध तरिकाले बोर्डर खुल्ला गर्नुपर्ने हुनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरु २०२० मा फर्किन सक्ने सम्भावना हालको लागि नरहेको बताइएको छ।...

Read More

नेपालमा आज १ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४७ को स्वाब परीक्षणमा मंगलबार एक हजार पाँच सय ५१ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ...

Read More

अष्ट्रेलियाले २०२०/२१ मा पार्टनर भिसालाई प्राथमिकतामा राख्ने

क्यानबेरा। अष्ट्रेलियाले २०२०/२१ मा पार्टनर भिसालाई प्राथमिकतामा राख्ने भएको छ। मंगलबार प्रस्तुत गरिएको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो। बजेट भाषणमा उल्लेख गरीए अनुसार, २०२०/२१ मा माइग्रेसनको लागि १ लाख ६० हजार कोटा छुट्टाइएको छ। ती कोटामा पनि पार्टनर भिसा, रोजगारदाताले स्पोन्सर गर्ने भिसा, अति दक्ष व्यक्तिको लागि भिसा र बिजनेस तथा लगानी भिसालाई प्राथमिकतामा राखिनेछ। पार्टनर भिसामा अष्ट्रेलियाको रिजनल क्षेत्रमा बसोवास गर्नेहरुलाई पहिलो प्राथमिकता दिइने बताइएको छ। सरकारले पार्टनर भिसाको लागि अंग्रेजी भिसाको मापदण्ड जारि गर्ने समेत बताएको छ। सरकारले कोरोना महामारी पछि अष्ट्रेलियाको अर्थतन्त्रमा सहयोग पुर्याउन सक्ने भएको हुनाले यी भिसालाई प्राथमिकतामा राखिएको जनाएको...

Read More

अष्ट्रेलिया बजेट २०२० : यस्तो छ कर छुट योजना

क्यानबेरा। अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रेडनवर्गले अष्ट्रेलियाको संघीय बजेट आज संसदमा प्रस्तुत गरेका छन्। आज प्रस्तुत गरिएको बजेटमा ट्याक्स कटौती अर्थात कर छुटलाई पनि प्राथमिकतामा राखिएको छ। सरकारले सर्वसाधारणमा कर छुटका कारण खर्च गर्न सक्ने वातावरण सिर्जना गरेर महामारीको चपेटामा परेका व्यवसायीहरुलाई लगानी र व्यवसायको लागि हौसला दिंदै रोजगारी सिर्जना गर्ने र अष्ट्रेलियाको अर्थतन्त्रलाई उठाउने योजना ल्याएको बताइएको छ। यस्तो छ बजेटमा पेश गरिएको कर छुट योजना : – वर्षमा ३७ हजार आम्दानी हुनेहरुका लागि ५१० डलरसम्म कर छुट – वर्षमा ३७ हजार १ देखि ४८ हजार डलरसम्म कमाउनेका लागि ५१० देखि २१६० डलरसम्म कर छुट – वर्षमा ४८ हजार...

Read More