Day: १५ आश्विन २०७७, बिहीबार ०५:५७

न्यु साउथ वेल्समा बुधबार भेटिएका नयाँ संक्रमितबाट समुदायमा संक्रमण फैलिएको हुन सक्ने आशंका

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा बुधबार भेटिएका नयाँ संक्रमितबाट समुदायमा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ। बुधबार रातीसम्म न्यु साउथ वेल्समा तीन जना नयाँ संक्रमित फेला परेका छन्। जसमध्ये दुई जना होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने एक जना समुदाय स्तरमा संक्रमण भएका व्यक्ति हुन्। साउथ वेस्टर्न सिड्नीका ५० वर्षीय ती व्यक्तिको परिक्षण गर्दा उनलाई दुई महिना अघि संक्रमण भएको पत्ता लागेको बताइएको छ। यसले गर्दा उनीबाट थुप्रै व्यक्तिमा संक्रमण सरेको र परिक्षण नभएका कारण थाहा नभएको अनुमान गरिएको छ। Source :...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा १५ जना नयाँ संक्रमित फेला, थप २ को मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा १५ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या बिहिबार बिहान सार्वजनिक तथ्याङ्क अनुसार, पछिल्लो २४ घण्टाको हो। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय पुगेको छ। Yesterday there were 15 new cases & the loss of 2 lives reported. Our thoughts are with all affected. The 14 day rolling average & number of cases with unknown source are down from yesterday as we move toward COVID Normal. Info: https://t.co/eTputEZdhs#COVID19Vic pic.twitter.com/CTjd2OphTl — VicGovDHHS (@VicGovDHHS) September 30,...

Read More

संघीय संरचनाअनुसारको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता

काठमाडौं – निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल दर्ताका लागि अब आयोगमा निवेदन दिँदा स्थानीय तह, जिल्ला, प्रदेश तह र केन्द्रीय तहमा पार्टीको संरचनासहित कार्यसमिति अनिवार्य भएको हुनुपर्नेछ । यसरी संरचनागत विवरण बुझाउँदा पूरा कार्यसमिति समेत स्पष्ट खुलाएर बुझाउनुपर्नेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार नै आयोगले र दलले गर्नुपर्ने कानुनी व्यवस्थाबारे स्पष्ट परिएको बताए । ‘संविधान र कानुनमा यो व्यवस्था छ, यसरी गर्नुपर्छ भनेर आयोगले सम्झाएको...

Read More

कोरोनाविरुद्धको भ्याक्सिन नेपाल भित्र्याउने सम्झौता

काठमाडौं – कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ । हाल रुसलगायत देशमा ४० हजार नागरिकमा भ्याक्सिनको तेस्रो चरण अर्थात् थर्ड ट्रायल भइरहेको छ । सो सफल भए आगामी माघसम्म नेपालमा भ्याक्सिन ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत किशोर अधिकारीले बताए । उनले भने, ‘४० हजार नागरिकमा खोप परीक्षण सफल भए औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि निवेदन दर्ता गर्छौं । यदि सबै प्रक्रिया...

Read More

नेपालको कोरोना संक्रमण दर भारतभन्दा दोब्बर

काठमाडौं – भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो। केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ। बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो। यो १२.७७ प्रतिशत हो। त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयका विज्ञ...

Read More