Day: १४ आश्विन २०७७, बुधबार ०४:५६

अष्ट्रेलियाको न्यु साउथ वेल्स स्थित अस्पतालमा गोली चल्यो, गोली चलाउने व्यक्ति पक्राउ

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स स्थित एक अस्पतालमा गोली चलेको छ। न्यु साउथ वेल्सको हन्टर रिजनमा रहेको Kurri Kurri अस्पतालमा गोली चलेको हो। बुधबार दिउँसोको समयमा एक व्यक्तिले अस्पतालमा गोली चलाएर भागेका थिए। हावामा गोली चलाएका कारण मानवीय क्षति भने भएन। गोली चलाउने व्यक्तिलाई प्रहरीले दिउँसो १:३० बजे नै पक्राऊ गरिसकेको छ। अस्पताल भने बन्द गरेर सुरक्षा व्यवस्था कडा पारिएको बताइएको...

Read More

लिभरपुलका मिडफिल्डर थियागोलाई कोरोना संक्रमण

प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टरालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । २९ वर्षीय खेलाडी थियागो संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेका छन् । मिडफिल्डर थियागो यसै समरमा जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका हुन् । थियागोले गत साता चेल्सीमाथि २-० को जित निकाल्दा डेब्यु गरेका थिए । लिभरपुलका अनुसार थियागोमा भाइरसको हल्का लक्षणहरु देखिएको तर उनको स्वास्थ्य अवस्था राम्रो र सुधार उन्मुख रहेको छ...

Read More

‘ कार्यसम्पादनमा सर्वोत्कृष्ट ल्याउने मन्त्रीलाई हटाउने र फेल हुनेलाई बोक्नेले एकदिन पछुताउने छन् ‘

मन्त्रीको रुपमा विदेश बस्ने डिभी, पिआरधारी कर्मचारीको दोहोलो काढेर वाहवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्तक्षेप । फलतः लालबाबुले गत वर्षको क्याबिनेट पुनर्गठनसँगै मन्त्री पदबाट बिदा लिए । आफूले कार्यसम्पदानमा उच्च अंक ल्याएर पनि मन्त्रिपरिषद्मा हटाइएकोमा पण्डितले आक्रोश व्यक्त गरेका छन् । जनआस्था साप्ताहिकसँगको कुराकानीमा पण्डितले भनेका छन्, प्रधानमन्त्रीज्यूसँग जिन्दगीमा कहिल्यै सोध्नेवाला छैन कि मलाई के कारणले हटाइयो ? प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्य प्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । त्यो रिपोर्टले...

Read More

योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र

स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानीजस्तै भएका छन् । व्यवस्थित विकास नीतिको अभावमा पहुँच पुगेका स्थानीय तहमा योजनाको खातै खात र पहुँच नपुगेकामा योजनाको अभाव हुने गरेको पाइएको छ । स्थानीय तहले न्यूनतम पाँचदेखि १० वर्षे एकीकृत विकासको गुरुयोजना बनाई साधन र स्रोतलाई एउटै बास्केटमा हाली आवश्यकताका आधारमा विकास गर्नुपर्ने स्थानीय शासन विज्ञहरूको जोड छ । स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले अहिले तीनै तहका योजनामा मागका आधारमा नभई नेतृत्वका आधारमा बजेट निकासा हुने हुँदा विकास...

Read More

अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिंदै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू पूर्ण रूपमा नष्ट गरेको छ । महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले अतिक्रमण हटाएर जग्गा खाली गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखापरीक्षकको कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय, महानगरपालिकालगायतका निकायलाई पत्राचार गर्दै अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले राजधानीका अन्य स्थानमा पनि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाइने...

Read More