Day: ९ आश्विन २०७७, शुक्रबार १०:०३

अष्ट्रेलियाका कमनवेल्थ र आइएनजी बैंकले घटाए होमलोनको व्याजदर

मेलबर्न। अष्ट्रेलियाका कमनवेल्थ र आइएनजी बैंकले घरकर्जा ( होमलोन ) को व्याजदर घटाएका छन्। अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंक कमनवेल्थले होमलोनमा व्यादर घटाएर २.६९ प्रतिशत बनाएको छ भने अष्ट्रेलियाको पाँचौं ठूलो बैंक आइएनजीले २.४९ प्रतिशत बनाएको छ। एक हप्ता अगाडी वेष्टप्याक बैंकले पनि व्याजदर २ दशमलब ६९ प्रतिशत बनाएको थियो। व्यादरमा निकै कमी आएतापनि व्याजदर अझै घट्ने बताइएको छ। त्यस्तै, वेस्टप्याक, कमनवेल्थ र आइएनजीले व्याजदर घटाएपछि अब अन्य बैंकहरु पनि व्याजदर घटाउने प्रतिष्पर्धामा उत्रिने अनुमान गरिएको छ। यस सम्बन्धि विस्तृत जानकारीको लागि >> cba-and-ing-make-home-loans-cheaper-for-customers...

Read More

अष्ट्रेलियामा सस्तो भाडादरमा घर दिने भन्दै युवाहरुलाई ठगी !

मेलबर्न। अष्ट्रेलियामा अहिले सस्तो भाडादरमा घर दिने भन्दै ठगी गर्नेहरु सक्रिय भएका छन्। ठगहरुले निकै सस्तो भाडादरमा घर दिलाइदिने भन्दै युवाहरुलाई ठगी गरिरहेका छन्। ठगीनेहरु मध्ये अधिकांश व्यक्तिहरु २५ देखि ३४ वर्ष उमेर समूहका रहेका छन्। अहिले कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण यस्ता ठगीका घटना बढेका हुन्। ठगहरुले घर सम्बन्धि नक्कली जानकारी दिएर सस्तोमा भाडा दिलाउने आश्वासन दिन्छन्। त्यसपछि उनीहरुले धरौटी / एडभान्सको नाममा रकम असुल्छन् र संगै पासपोर्ट, बैंक अकाउन्ट सम्बन्धि जानकारी जस्ता महत्वपूर्ण कागजात हात लिन्छन्। यस किसिमका ठगीका अधिकांश घटना भिक्टोरिया, न्यु साउथ वेल्स र अष्ट्रेलियन क्यापिटल टेरिटोरिमा भइरहेका छन्। अष्ट्रेलियन कम्पिटिसन एण्ड कम्ज्युमर कमिसनले घर भाडामा...

Read More

इपिएस नियममा सुधार ल्याउँदै कोरिया

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीका साथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसदमा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी उक्त श्रमिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ । हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौन...

Read More

‘अष्ट्रेलियाको मेलबर्नमा घरजग्गामा लगानी गर्नको लागि अहिलेको समय राम्रो ‘

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा घरजग्गामा लगानी गर्नको लागि अहिलेको समय राम्रो रहेको छ। घरजग्गा कारोबार सम्बन्धि विज्ञहरुले घर जग्गा किन्नको लागि अहिले उचित समय रहेको बताएका हुन्। मेलबर्नको घरजग्गाको मूल्यमा अप्रिल २०२० देखि यता ५ प्रतिशतले गिरावट आएको छ। मूल्यमा ५ प्रतिशत कमी आउनु भनेको खरिदकर्ताहरुको लागि अवसर हो। त्यस्तै, यतिबेला मोर्टेज दर पनि घटेको छ। विज्ञहरुका अनुसार, जब कोरोना भाइरस नियन्त्रणमा आउनेछ र मेलबर्नको जीवनशैली फेरी सामान्य हुनेछ, तब घरजग्गाको मूल्यमा उल्लेख्य दरले वृद्धि हुनेछ। विस्तृत जानकारीको लागि :...

Read More

अष्ट्रेलियाको सिड्नीमा कोरोना संक्रमित व्यक्ति वुलवर्थ गएको खुलासा, परिक्षण गराउन ग्राहकहरुलाई आग्रह

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा कोरोना संक्रमित व्यक्ति वुलवर्थ सुपरमार्केट गएको खुलेको छ। ५० वर्षीय उनी Campbelltown मलमा रहेको सुपरमार्केट स्टोरमा गएका थिए। बुधबार राती उनमा कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको थियो। कोरोना संक्रमण पुष्टि हुनु अगाडी उनी सेप्टेम्बर १७, बिहिबारको दिन दिउँसो १:३० देखि २ बजेसम्म सुपरमार्केटमा रहेका थिए। न्यु साउथ वेल्स स्वास्थ्य विभागले उक्त दिन त्यो समयमा सुपरमार्केट गएका ग्राहकहरुलाई लक्षणबारे सजग रहन र कुनै पनि लक्षण देखिएमा तुरुन्त परिक्षण गराउन आग्रह गरेको छ। दशैं आयो 😀 , खाउला पिउला 😄, GIFT पठाउला 😄 ! दशैं आयो 😀 ,खाउला पिउला 😄, GIFT पठाउला...

Read More