Day: ८ आश्विन २०७७, बिहीबार १२:२२

अष्ट्रेलियाको मेलबर्नमा बच्चाको बर्थडे मनाउन जम्मा भएकाहरुलाई ८ हजार डलर जरिवाना

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बच्चाको बर्थडे मनाउन जम्मा भएकाहरुले ८ हजार डलर जरिवाना तिर्नुपरेको छ। सामाजिक दुरीको नियमलाई उल्लङ्घन गरेका कारण उनीहरुले जरिवाना तिर्नुपरेको हो। बच्चाको जन्मदिन मनाउनको लागि पाँच जना पिकनिकमा गएका थिए। मेलबर्नको विभिन्न ठाउँबाट जम्मा भएका उनीहरुलाई प्रहरीले Whittlesea मा समातेको हो। लकडाउनको चौथो चरणमा लागु गरिएको नियम तोडेका कारण उनीहरुलाई हरेक व्यक्तिलाई १६ सय ५२ डलरको दरले जरिवाना तिराइएको...

Read More

नेपालमा २४ घण्टामा थपिए १४ सय ९७ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५० हजार ४११ पुगेको छ। मन्त्रालयका अनुसार हुनेको यो संख्या ७२ दशमलव ७ प्रतिशत हो।...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्स अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि २०२१ को सुरुवातमै बोर्डर खोल्न तयार

सिड्नी। अष्ट्रेलिया बाहिर गएका अन्तर्राष्ट्रिय विद्यार्थीहरु कोरोना महामारीका कारण अष्ट्रेलिया प्रवेश गर्न पाएका छैनन्। विद्यार्थीहरु अष्ट्रेलियाको बोर्डर कहिले खुल्छ भन्ने अनिश्चितताले गर्दा अन्योलमा छन्। यसैबीच न्यु साउथ वेल्स राज्यका रोजगार, लगानी तथा पर्यटन मन्त्री स्टअर्ट आयरेसले न्यु साउथ वेल्सले अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्राथमिकतामा राखेर बोर्डर खोल्ने बताएका छन्। अष्ट्रेलियन टेक्नोलोजी नेटवर्कले आयोजना गरेको इन्टरनेशनल एजुकेशन कन्फरेन्समा मन्त्री आयरेसले उक्त कुरा बताएका हुन्। उनका अनुसार, अहिले अष्ट्रेलियनहरुको लागि बोर्डर खुल्ला गरेर उनीहरुको लागि होटल क्वारेन्टिनको व्यवस्था गर्दा राज्य तथा सम्बन्धित व्यवस्थापकीय पक्षलाई ठूलो अनुभव मिलेको छ। यही अनुभवको आधारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि बोर्डर खोल्न सकिनेछ। मन्त्री आयरेसले सबैभन्दा पहिले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा सामाजिक दूरी कायम नगरेका कारण प्रहरीले बन्द गरिदियो रेष्टुरेन्ट

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा प्रहरीले एक रेष्टुरेन्ट बन्द गरिदिएको छ। सामाजिक दूरी सम्बन्धि नियमलाई बेवास्ता गरेका कारण प्रहरीले रेष्टुरेन्ट बन्द गरिदिएको हो। प्रहरीका अनुसार, स्नोवी माउन्टेनको द रिभर्स रेष्टुरेन्टमा तीन पटकसम्म अनुगमन गर्दा ग्राहकहरु एउटै टेबुलमा बसेर खाइरहेको, कसैले उभिएर काँधमा काँध राख्दै पीइरहेको, रेष्टुरेन्टमा क्षमताभन्दा बढी ग्राहकलाई प्रवेश दिइएको पाइएको थियो। पहिलो र दोस्रो पटक जस्तै तेस्रो पटकमा पनि लापरबाही देखिएका कारण रेष्टुरेन्ट र इभेन्टका मालिकहरुलाई प्रहरीले ५ / ५ हजार डलर जरिवाना तिराएको थियो। तर फेरी चौथो पटक जाँदा पनि लापरबाही देखिएपछि प्रहरीले रेष्टुरेन्ट बन्द गराएको छ। महामारीको समयमा गैरजिम्मेवारीपूर्ण कार्य गरेको भन्दै रेष्टुरेन्ट सात दिनसम्म...

Read More

अष्ट्रेलियामा कोरोना महामारी प्रभाव : घरजग्गाको मूल्य पहिले अनुमान गरिए जति नघट्ने

मेलबर्न। अष्ट्रेलियामा घरजग्गाको मूल्यमा पहिले अनुमान गरिए जति कमी नआउने भएको छ। Westpac का अनुसार, कोरोना महामारीका कारण अष्ट्रेलियाको घरजग्गाको मूल्यमा जति कमी आउन सक्ने अनुमान गरिएको थियो, त्यो भन्दा कम प्रतिशतले मूल्यमा कमी आउनेछ। यसअघि, आर्थिक वर्ष २०२०-२१ को अन्त्यसम्ममा घरजग्गाको मूल्य १० % ले घट्ने अनुमान गरिएको थियो। तर हालै गरिएको अनुसन्धानमा यो आर्थिक वर्षको अन्त्यसम्म घर जग्गाको मूल्य हालको भन्दा थप २.३ प्रतिशतले मात्र घट्नेछ। विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् :...

Read More