Day: ५ आश्विन २०७७, सोमबार १३:३३

भागवत वाणीद्वारा धार्मिक प्रश्नोत्तर कार्यक्रममार्फत क्यान्सर पिडितका लागि सहयोग संकलन

भागवत वाणीद्वारा धार्मिक प्रश्नोत्तर कार्यक्रममार्फत क्यान्सर पिडितका लागि सहयोग संकलन काठमाडौं । भागवात वाणी ज्ञान सरोवरले क्यान्सर पिडित किशोरका लागि सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको छ। भागवात वाणीले क्यान्सर पिडित किशोर शिवराम कुँइकेलको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको हो। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शिवराम कुँइकेललाई चितवनको देवघाटस्थित गलेश्वर आश्रमद्वारा संचालित वेदाङ्ग संस्कृत गुरुकुलमा कक्षा १० मा पढ्दै गर्दा ब्लड क्यान्सर देखिएको थियो। १७ वर्षीय कुँइकेल नुवाकोटको तादी गाउँपालिका वडा नं. ४ सुन्दरादेवीका स्थायी वासिन्दा हुन्। भागवत वाणी ज्ञान सरोवर तथा यसका संचालक वरदान थपलियाले क्यान्सर पिडित कुँइकेलका लागि सहयोग अभियान चलाउनुभएको थियो । भागवत वाणी ज्ञान सरोवर...

Read More

अष्ट्रेलियामा एज्ड केयर होममा मास्क समेत नलगाई पार्टी, नेपालीहरु पनि रहेको शंका : सर्वत्र आलोचना

मेलबर्न। अष्ट्रेलियाको एज्ड केयर होमको एउटा भिडियो अहिले संचार माध्यमहरुमा छाइरहेको छ। उक्त भिडियोमा सारीमा सजिएर महिलाहरु नाचगान गरिरहेको देख्न सकिन्छ। भिडियो पूर्वी मेलबर्नमा रहेको AdventCare Whitehorse को हो। भिक्टोरियामा कोरोना संक्रमण हुने मात्र नभई संक्रमणका कारण मृत्यु हुने अधिकांश एज्ड केयर होमका वृद्ध वृद्धाहरु रहेका छन्। यस्तो अवस्थामा मास्क समेत नलगाई वृद्ध वृद्धाहरु भएकै ठाउँमा नाचगान तथा पार्टी गर्नु गैरजिम्मेवारीपूर्ण रहेको भन्दै भिक्टोरिया सरकार तथा आम सर्वसाधारणले समेत त्यसको आलोचना गरिरहेका छन्। उक्त एज्ड केयरमा भएको नाचगानको भिडियो टिकटकमा अपलोड भएपछि भाइरल भएको हो। भिडियोमा नेपाली गीतहरु समेत सुन्न सकिन्छ। त्यसैले नेपालीहरुले समेत भिडियो देखेपछि लज्जाबोध भएको टिप्पणी...

Read More