Day: ४ आश्विन २०७७, आईतवार १३:१०

‘महारानी’लाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बाश्री

काठमाडौँ । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए । तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र  शारदा शर्माको यात्रामा कृति पनि  मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए । यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार नेपाली...

Read More

महामारीमा विजनेस होइन, मानवता सम्झेर सहयोग गरौँ : राज कंडेल

मेलबर्न। विश्वभर फैलिरहेको कोरोना भाइरस महामारीको प्रत्यक्ष असर अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुमा समेत परेको छ। नयाँ विद्यार्थीहरुले काम नपाएको स्थिति छ भने काम गरिरहेका पूराना विद्यार्थीले रोजगारी गुमाइरहेका छन्। धेरैजसो विद्यार्थीहरु नेपालमा रहेको आफ्नो परिवारसंग सहयोग लिन सक्ने अवस्थामा छैनन्। नेपालको मध्यम वर्गीय परिवारमा समेत यो महामारीले असर गरिरहेको हुँदा विद्यार्थीहरु अझ बढी मानसिक तनाव भोगिरहेका छन्। महामारीको चपेटामा परिरहेका विद्यार्थीलाई दैनिक अत्यावश्यक वस्तु देखि लिएर तनाव व्यवस्थापनको लागि अष्ट्रेलियामा रहेका विभिन्न नेपाली कम्पनी, संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेका छन्। अष्ट्रेलियाको मेलबर्न शहरको पहिलो नेपाली कन्सल्टेन्सी ‘कंडेल कन्सल्टेन्सी’ले पनि विद्यार्थीहरुका लागि सहयोग गरिरहेको छ। कंडेल कन्सल्टेन्सीले हालसम्म मेलबर्न र सिड्नीका...

Read More

अष्ट्रेलियामा कोरोना विरुद्ध भ्याक्सिनको लागि सरकारद्वारा थप ६ मिलियन डलर सहयोग

मेलबर्न। अष्ट्रेलियामा कोरोना भाइरस विरुद्ध भ्याक्सिनको लागि सरकारले थप ६ मिलियन डलर आर्थिक सहयोग गर्नेछ। सरकारले तीन वटा भ्याक्सिनको अनुसन्धान तथा विकासको लागि उक्त रकम सहयोग गर्ने भएको हो। उक्त सहयोग ‘मेडिकल रिसर्च फ्युचर फन्ड’ अन्तर्गत प्रदान गरिने बताइएको छ। उक्त ६ मिलियन डलर मध्ये ३ मिलियन युनिभर्सिटी अफ मेलबर्न र ३ मिलियन युनिभर्सिटी अफ सिड्नीको लागि हो। युनिभर्सिटी अफ मेलबर्नले दुई वटा भ्याक्सिनको विकास गर्दैछ। त्यस्तै, युनिभर्सिटी अफ सिड्नीले यो ३ मिलियन डलर सहयोग डीएनएमा आधारित रहेर विकास गरीएको कोभिड – १९ भ्याक्सिनको क्लिनिकल परिक्षणको लागि उपयोग...

Read More

अष्ट्रेलियाको क्विन्सल्याण्डमा दुई दिनपछि फेरी थपिए कोरोना संक्रमित

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा दुई दिनपछि फेरी कोरोना संक्रमितको संख्या थपिएको छ। दुई दिनसम्म कोरोना संक्रमित नभेटिएको क्विन्सल्याण्ड राज्यमा आइतबार बिहानसम्म दुई जना कोरोना संक्रमित थपिएका हुन्। नयाँ संक्रमित दुई जना मध्ये एक जना अन्य देशबाट आई होटल क्वारेन्टिनमा रहेका व्यक्ति र अर्को एकजनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ। क्विन्सल्याण्डमा ३ हजार जनामा कोरोना परिक्षण गरिएकोमा दुई जनामा पोजेटिभ देखिएको हो। Coronavirus (#COVID19) case update 20/09. Detailed information about COVID-19 cases in Queensland can be found here: https://t.co/kapyXpSIAP pic.twitter.com/vNiX2BAAzn — Queensland Health (@qldhealthnews) September 20,...

Read More

अष्ट्रेलियाको पर्थमा १३ वर्षीय किशोरलाई कोरोना संक्रमण

पर्थ। अष्ट्रेलियाको पर्थमा १३ वर्षीय किशोरलाई कोरोना संक्रमण पुष्टि भएको छ। अन्य देशबाट आई होटल क्वारेन्टिनमा रहेका ती किशोर संक्रमितको नजिकको सम्पर्कमा पनि रहेको बताइएको छ। यो संगै वेस्टर्न अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको हालसम्मको कुल संख्या ६६२ पुगेको छ। त्यसमध्ये निको नभएकाहरु तीन जना रहेका...

Read More