Day: १२ भाद्र २०७७, शुक्रबार १६:२५

सज्जा चौलागाईंले जितीन् नेपाल आइडल-३ को उपाधि

काठमाडौं। नेपाली गायन रियालिटी शो नेपाल आइडल सिजन ३ को उपाधी सज्जा चौलागाईंले जितेकी छिन्। शुक्रबार भएको नेपाल आइडल फिनालेमा विजेता घोषणा गरिएको हो। नेपाली आइडल सिजन ३ को उत्कृष्ट तीनमा सज्जा चौलागाईं , प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए। दर्शकले गरेको भोटको आधारमा प्रवीण फर्स्ट रनर-अप र किरणकुमार भुजेल सेकेन्ड रनर अप भएका छन्। मोरङ पथरीकी सज्जा नेपाल आइडलमा आउनु अघि कलेज पढ्दै,ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउने गर्थिन्। आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।  यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्...

Read More

अष्ट्रेलियावासी कपिल सापकोटाको नयाँ म्युजिक भिडियो ‘होल्ड मी’

मेलबर्न। अष्ट्रेलियावासी कपिल सापकोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। अष्ट्रेलियामा रहेर नेपाली हिपहप संगीत यात्रामा लागिरहेका सापकोटाको माया प्रेम संग सम्बन्धित ‘होल्ड मी’ म्युजिक भिडियो सार्वजनिक भएको हो। म्युजिक भिडियोमा आफूले माया गर्ने व्यक्ति टाढा हुँदाखेरीका भावना समेटिएको छ। कपिल सापकोटाकै शब्द र स्वर रहेको म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको...

Read More

स्वादिष्ट यल्लो लाफिंग बनाउने सजिलो तरिका

काठमाडौं । खानाका सौखिनहरुका लागि लाफिंग मेनुमा रहेको राम्रो विकल्प बनेर आएको छ । साना स्टल देखि रेष्टुरेन्ट सम्ममा पाइने यो लाफिंग घरमा नै बनाएर खान सकिन्छ । घरमा बनाएको लाफिंग स्वादिष्ट साथै स्वस्थकर पनि हुन्छ । यल्लो लाफिंग बनाउनको लागि विधि : मैदाको पीठो मुछ्ने र त्यसलाई एउटा भाँडोमा राख्ने । त्यसलाई एउटा भाँडोमा राख्ने र त्यो भाँडोमा पानी राख्ने । अब त्यो पीठो त्यही पानी भित्र मिच्ने र केही छिन मिचेपछि पानी छान्ने । त्यो पानीलाई नहाल्लाई चार घण्टा राख्ने । अघि मिचेपछिको पीठोलाई राम्रो संग पखाल्ने , निचोर्ने गरेर एउटा भाँडोमा आधा घण्टा छोपेर राख्नुपर्छ ।...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा ३० हजार जनामा गरिएको कोरोना परिक्षणमा १३ जनामा देखियो पोजेटिभ

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा १३ जनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म ३० हजार जनामा गरिएको परिक्षणमा १३ जना नयाँ संक्रमित फेला परेका हुन्। संक्रमित मध्ये १२ जनामा समुदायबाट फैलिएको र एक जना बाहिरबाट आएर होटल क्वारेन्टिनमा बसेका व्यक्ति रहेको बताइएको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका ११३ जना नयाँ संक्रमित फेला, थप १२ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, शुक्रबार बिहान सम्ममा थप १२ जनाको मृत्यु भएको छ। भिक्टोरियामा पछिल्लो केही दिनमा नयाँ संक्रमितको दर १५० भन्दा कम रहेको...

Read More