Day: ११ भाद्र २०७७, बिहीबार १४:०५

अस्ट्रेलियाका नेपालीमा डिभोर्स र डिप्रेशनको समस्या

अस्ट्रेलिया भदौ १० अस्ट्रेलियामा नेपाली समाज बढ्दै जाँदा अचेल ती समाजका अन्य प्रसंगले पनि बेलाबखत चर्चा पाउने गरेको छ। सामाजिक भेटघाटदेखि मेला र भेलासम्म चियोचर्चो हुँदा पछिल्लो समय दुई वटा ‘डी’ले निकै महत्व पाएको देखिन्छ, त्यो हो ‘डिर्भोस’ र ‘डिप्रेशन’। ‘ए फलानोको सुनिस्, मोरोले बर्बाद पारेछ बिचरीलाई.., हैट दुई वटा घर गएछ.. , फलानोलाइ उसले उडाएछ नि!’ जस्ता गाइँगुइँ जताततै सुनिन्छन्। अर्थात हाम्रो धर्म, संस्कृति अनि समाजिक संरचनाले यस्ता विषय महत्वभित्र परेको हो। त्यसैले यस्ता विषय हामी जमघटमा खिसीट्युरी गरिहाल्छौँ। यहाँको स्थानीय समाजका लागि भने यी नौला कुरा होइनन्। कसले कसलाई छाड्यो वा अपनायो भने विषय परिवारभित्र बाहेक बाहिरी...

Read More

वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने

काठमाडौं  ११ भदौ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएको छ । मन्त्रालयले आज नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाई एउटै मात्र कोभिड–१९ पिसीआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने र त्यसलाई मात्र मान्यता दिने गरेको उजुरी मन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाईएमा कानुनी कार्बाही गर्ने चेतावनी दिएको छ । कुनै पनि वायुसेवा कम्पनीले यस विपरित कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबै वायुसेवाहरुलाई जानकारी गर्न÷गराउन मन्त्रालयको निर्णय...

Read More

उपत्यकामा एकीकृत क्वारेन्टिन सञ्चालन गरिने

भक्तपुर, ११ भदौ काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने भएको छ । यसबारेमा आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको छलफलमा उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टिन सञ्चालन गर्ने सहमति भएको छ । यसबारेमा आज उपप्रधान एवं रक्षा मन्त्री पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य र गृहमन्त्रालयका सचिव र उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठको टोलीबीच छलफल भएको फोरमका सचिव श्रेष्ठले जानकारी दिनुभयो । फोरमका सचिव एवं...

Read More

नगदसहित पक्राउ

गण्डकी, ११ भदौ कास्की प्रहरीले एक लाख ३६ हजार १७० रुपैयाँ नगद तथा ताससहित पाँच जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं १४ खसीबजारबाट बुधबार उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले नियन्त्रणमा लिएको हो । चन्द्रबहादुर श्रेष्ठको घरमा जितबहादुर कुँवरले सञ्चालन गर्दै आइरहेको जित रियलस्ट्रिक एन्ड हाउजिङ प्रालिको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिनुभयो...

Read More

म्यानचेस्टर युनाइटेडका पाउल पोग्बामालाई देखियो कोरोना

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार फुटबलर पाउल पोग्बामालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । २७ वर्षीय फ्रान्सेली स्टारमा संक्रमण देखिएको पुष्टि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले गरेका हुन् ।  आइशोलेसन बस्ने भएकाले उनी नेसन्स लिग फुटबलमा फ्रान्सका लागि तत्काल उपलब्ध हुने छैनन् । नेशल्स लिगअन्तर्गत आफ्नो सुरुवाती खेलका लागि ५ सेप्टेम्बरमा फ्रान्सले स्वीडेनको यात्रा गर्नेछ । अन्तर्राष्ट्रिय खेल गुमाएपनि प्रिमियर लिग सुरु हुँदासम्म भने पोग्बा उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रिमियर लिगअन्तर्गत नयाँ सिजनको सुरुवाती खेलमा वल्र्ड ट्राफोडमा युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्दैछ । सन् २०१६ मा विश्व किर्तिमानी रकममा युुभेन्टस्बाट म्यानचेस्टर युुनाइटेड आएयता पोग्बा टोलीका प्रमुख सदस्य रहदैं...

Read More