Day: १० भाद्र २०७७, बुधबार १३:५८

अष्ट्रेलियाको भिक्टोरियावासी नेपालीहरुको संस्था ‘न्याभ’को नयाँ नेतृत्व निर्विरोध चयन, अध्यक्षमा राम प्रसाद गुरुङ

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियावासी नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ‘न्याभ’को नयाँ कार्यसमिति चयन भएको छ। आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो। न्याभले सेप्टेम्बर ५ का लागि निर्वाचन मिती तय गर्दै नयाँ कार्यसमिति चयनको लागि चुनावी प्रक्रिया अगाडी बढाएको थियो। तर उम्मेद्वारी दर्ता प्रक्रियामा नयाँ कार्यसमितिको लागि सबै पदमा एक/एक जनाले मात्र उम्मेद्वारी दिएका कारण नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा राम प्रसाद गुरुङ चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा प्रेम राज उप्रेती, मनमाया गुरुङ, कोषाध्यक्षमा एकिन्द्र प्रसाद तिमिल्सिना र सदस्यहरुमा विदुर शर्मा, गङ्गा आचार्य, हेमराज चालिसे, कृष्ण चालिसे, नविन श्रेष्ठ चयन भएका...

Read More

अष्ट्रेलियामा संघर्षरत विद्यार्थीहरुको व्यथा समेटेर रुपेशले ल्याए नयाँ म्युजिक भिडियो ‘आज के भयो’

मेलबर्न। अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी रुपेश काजी श्रेष्ठ ‘रुप्पी’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कोरोना महामारीले निम्त्याएको हालको अवस्थामा अष्ट्रेलियामा पढाई तथा करियर लागि संघर्ष गरिरहेका विद्यार्थीहरुको मनको भावना र व्यथा समेटिएको म्युजिक सार्वजनिक भएको हो। उक्त ‘आज के भयो ‘ हिपहप म्युजिक भिडियोमा स्वर तथा शब्द रुप्पीको नै रहेको छ। म्युजिक भिडियोको निर्देशन भने साकार शाही र अनिश जंग कार्कीले गरेका...

Read More

काठमाडौंमा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि गत बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा आजै मध्यरातिदेखि सकिँदै थियो । तर संक्रमण अझै नघटेकाले तीनै जिल्लामा भदौ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश भएको थियो।...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा संक्रमण दरमा कमी, आगामी हप्तासम्म संक्रमण दर १ सय भन्दा कम हुने विश्वास

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमण दरमा यो हप्ता कमी आएको छ। अघिल्ला हप्ताहरुमा संक्रमित संख्या तिव्र रुपमा बढ्दै गर्दा यो हप्ता भने नयाँ संक्रमितको संख्याको दर दुई सय भन्दा कम भएको हो। बुधबार १ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन्। भिक्टोरिया सरकारले आगामी हप्तासम्म नयाँ संक्रमितको दर १ सय भन्दा कम रहने विश्वास रहेको बताएको छ। त्यस्तै, बुधबार बिहान सम्ममा कोरोना भाइरस संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या भने विगतका दिनहरुको तुलनामा यो संख्या उच्च...

Read More

भीमफेदी–कुलेखानी सुरुङमार्ग सहलगानीमा निर्माण गर्ने सहमति

लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ । कम समय र खर्चमा सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित अगाडि सारिएको उक्त सुरुङमार्गको निर्माणका लागि सहलगानीको ढाँचा तय गर्न समिति निर्माण गरी काम अगाडि बढाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको गौरव आयोजनाका रूपमा रहेको काठमाडौँ–हेटाँैडा सुरुङमार्गको निर्माण सहलगानीमा गर्न सङ्घीय सरकार र प्रदेश सरकारबीच सहमति भएको जानकारी दिए । “सुरुङमार्ग निर्माणका लागि केन्द्र र प्रदेश सरकारको सहमति छ,” उनले भने, “सङ्घीय सरकारले नै लगानी गर्ने भइसकेपछि उक्त...

Read More