Day: ७ भाद्र २०७७, आईतवार १२:१५

अष्ट्रेलियाबाट आयोजित अनलाइन तीज नृत्य प्रतियोगितामा नेपालबाट सहभागी राउत प्रथम

मेलबर्न। अष्ट्रेलियाबाट आयोजित अनलाइन एकल तीज नृत्य प्रतियोगिताको नतिजा घोषणा भएको छ। गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अनलाइन लाइभ मार्फत आज अर्थात ऋषि पन्चमीको दिनमा नतिजा घोषणा गरिएको हो। प्रतियोगितामा तेस्रो स्थान नेपालबाट सहभागी भएकी रुपा लामाले हासिल गरेकी छिन्। त्यस्तै नेपालबाट नै सहभागी भएकी सोनी गुरुङले दोस्रो स्थान प्राप्त गरेकी छिन्। र, प्रतियोगिताको उपाधी नेपालबाट नै सहभागी भएकी अनुषा राउतले जित्न सफल भएकी छिन्। एक्स्पर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगितालाई क्रमश ७५०, ५०० र २५० डलर पुरस्कार राशी रहेको थियो । साथै, उत्कृष्ट दशमा पर्न सफल भएका...

Read More

आज ऋषिपञ्चमी, हरितालिका तीजको अन्तिम दिन

आज भाद्र शुक्लपञ्चमी अर्थात हरितालिका तीजको अन्तिम दिन । भाद्र शुक्ल द्वितीयाको राति दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । हिन्दु नेपाली महिलाहरुले नुहाइ–धुवाइ गरेर चोखो वस्त्र लगाइ पूजापाठ गरी तीज व्रत सकाउँदैछन । यस पर्वका दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर वर्ष दिनको प्रतीकका रुपमा ३ सय ६५ ओटा दतिवनले दाँत माझी, माटो तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र धारण गरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् । अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन...

Read More

च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र बायर्न भिड्दै

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति पोर्चुगलको लिस्बनमा हुँदैछ । उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । सेमिफाइलनमा बायर्नले लियोनलाई र पीएसजीले लाइप्जिगलाई हराएको थियो । पाँच पटक उपाधि जितेको बायर्न म्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।...

Read More

अब कक्षा–११ मा सङ्काय छुट्याउन नपाइने

काठमाडौँ – अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए । यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय...

Read More

धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने

काठमाडौँ – नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । विभागले फलामको औद्योगिक उत्पादनबारे परीक्षण गर्न गत वर्ष नै एक हजार तीन सय किलो फलामको धाउ (कच्चा पदार्थ) चीन पठाएको थियो । उनले चीनको सेन्टरले फलाम उत्पादनबारे गरिएको सफल परीक्षणको भिडियो र तस्बिरका...

Read More