Day: ६ भाद्र २०७७, शनिबार ०६:३३

अष्ट्रेलियाको भिक्टोरियामा १८२ जना नयाँ संक्रमित फेला, थप १३ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका १ सय ८२ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै, थप १३ जनाको मृत्यु भएको छ। हिजो शुक्रबार, १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको थियो। पछिल्लो एक महिनामा भिक्टोरियामा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। तर केही दिनयता भने संक्रमण दरमा कमी आएको छ। यो सुखद संकेत रहेको अधिकारीहरुले बताएका...

Read More

कोरोना संक्रमण दर बढेपछि घरबाटै काम गर्न थाले ९० प्रतिशत कर्मचारी

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । राजधानी दैनिकमा खबर छ । सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सन्त्रासका कारण मन्त्रालय आउनै छाडेका छन् । मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटो छिटो फर्कन थालेका छन् । सिंहदरबारमा कोरोना सन्त्रास फैलिएसँगै कतिपय मन्त्रालयका महŒवपूर्ण नीतिगत निर्णयहरू गर्ने कार्यसमेत प्रभावित भएको छ । सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि...

Read More

नेपालमा संक्रमण फैलिँदै गएपछि बिरामी व्यवस्थापनमा कठिनाइ

नेपालमा संक्रमण हुने जिल्ला र संख्यासमेत फैलिँदै गएपछि सरकारलाई बिरामी उपचारमा कठिनाइ परेको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्। कोभिड–१९ व्यवस्थापनमै सरकारले तोेकेका हब तथा सेटलाइट अस्पतालहरूले समेत व्यवस्थापनमा सहयोग नगर्दा त्यस्तो हुन गएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताए। ‘निजी अस्पताल र मेडिकल कलेजले सहयोग गर्न मानेका छैनन्,’ उनले भने। त्यसैगरी स्थानीय टोलछिमेकले लक्षण नभएका संक्रमितलाई समेत घरमा बस्न नदिएपछि संस्थागत आइसोलेसन र अस्पतालमा राख्नैपर्ने बाध्यता परेको मन्त्रालयले जनाएको छ। ‘लक्षण नभएकालाई होम आइसोलेसनमा राख्न टोलवासीले फैलिने शंका गरेर बस्न नदिएको अवस्था छ,’ उनले भने। नागरिक दैनिकमा खबर छ...

Read More

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

काठमाडौँ, ६ भदौ नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ ।इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको सो दूतावासले जानकारी दिएको छ । राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिनुभएको थियो । सो अवसरमा केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै...

Read More

सेभियाले जित्यो युरोपा लिग उपाधि

भदौ ६, काठमाडौँ  स्पेनिश क्लब सेभियाले छैठौं पटक युरोपा लिग उपाधि जितेको छ। इटालियन क्लब इन्टर मिलानलाई १ गोल अन्तरले हराउँदै गएराती जर्मनीमा सेभियाले उपाधि उचालेको हो।  गएराती भएको फाइनल खेलमा सेभियाले मिलानको पोस्टमा ३ गोल गर्‍यो भने मिलानले २ गोल फर्कायो। सेभियाका लागि डे जोङले २ र डिएगो कार्लोसले १ गोल गरेका थिए। रोमेरो लुकाकु र डिएगो गोडिनले १-१ गोल फर्काएपनि मिलानका लागि उपाधि जित्न त्यो पर्याप्त भएन। ९ वर्षयता कुनै उपाधि जित्न नसकेको मिलानले पछिल्लो प्रतिष्पर्धाबाट उपाधि तिर्खा मेटाउने अपेक्षा गरेको थियो। ​सेभियाले सन् २०१६ मा पनि युरोपा लिग जितेको...

Read More