Day: ५ भाद्र २०७७, शुक्रबार ०५:२४

सरकारले विदेश अध्ययन गर्न जान ‘नो अबजेक्सन लेटर’ नदिँदा सयौं विद्यार्थी अन्योलमा

सरकारले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि ‘नो अबजेक्सन (एनओसी ) लेटर’ नदिँदा सयौं विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने प्रक्रिया रोकिएको छ। बेलायत, अमेरिका, जापान, जर्मनी, नेदरल्याण्डलगायत देशका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्न ‘अफर लेटर’ (स्वीकृति पत्र) प्राप्त गरेका विद्यार्थी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एनओसी लेटर’ जारी नगर्दा भर्ना हुन पाएका छैनन्। ‘सेप्टेम्बर इनटेक’ का लागि भर्ना र भिसा आवेदन गर्न विदेशी विश्वविद्यालयबाट अफर लेटर पाइसके पनि मन्त्रालयले एनओसी लेटर जारी नगर्दा भविष्य नै बिग्रन लागेको गुनासो सम्बन्धित विद्यार्थीको छ। कलेज भर्नाका लागि विद्यार्थीले बैंकबाट ५० लाख रुपैयाँसम्म ऋण लिएको तर सरकारले एनओसी पत्र नदिँदा आर्थिक, सामाजिक...

Read More

पाटन अस्पतालमा ३० वर्षिया महिला र ४६ वर्षीय पुरुष गरि दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।...

Read More

४३ जिल्लामा निषेधाज्ञा र लकडाउन

कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो। ‘संक्रमण बढ्दै गएको छ। धेरै जिल्लामा आइसोलेसन बेड अभाव छ। हामीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई यसको आवश्यक प्रबन्ध गर्न भनेका छौं’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले मन्त्रिपरिषद्को बैठकबाट आउने निर्णय कार्यान्वनमा लैजान निर्णय कुरिरहेको बताए। बिहीबार साँझ सुरु भएको मन्त्रिपरिषद् बैठक राति अबेरसम्म बसेको थियो। गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गरी...

Read More

तरकारीको मूल्य ८० प्रतिशतसम्म बढ्यो !

काठमाडौँ। उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको गोरखापत्रमा खबर छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ । बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ । समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपैयाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपैयाँमा किनबेच भइरहेको छ भने...

Read More

नेपाल आएर पुनः श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा विदेश जान पाएनन्

कोरोना संकटअघि बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा विदेश जान पाएका छैनन् । सरकारले विदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य मुलुकसँग कूटनीतिक पहल नगर्दा विदेश जान नपाएका हुन् । कारोबार दैनिकमा खबर छापिएका छ । हालसम्म ५ हजार ५ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको भए पनि युएई र जापानबाहेक अन्य देश जाने ४ हजार भन्दा बढी युवा जान पाएका छैनन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अन्तरर्राष्ट्रिय उडान सुरु नभएका कारण श्रम स्वीकृति लिएका नेपाली विदेश जान नपाएको बताए। “श्रम स्वीकृति लिएकामध्ये यूएईलगायत...

Read More