Day: ४ भाद्र २०७७, बिहीबार १३:१५

आफूलाई गरिएको ट्रोलको जवाफमा दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’

काठमाडौं। आफूलाई सामाजिक संजालमा गरिएको ट्रोलको जवाफ स्वरुप गायक दुर्गेश थापाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। उनले ‘आलु जस्तो गायक’ नामक म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका हुन्। एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताको क्रममा दुर्गेश थापाले चर्चित गीतहरुसंग गायकको फरक नाम लिएर ती गाउँदा सामाजीक संजालमा ट्रोलको शिकार बने। त्यही ट्रोलको जवाफको रुपमा दुर्गेशले ‘आलु जस्तो गायक’ मार्फत आफू गाउँले परिवेशमा हो हो माले भन्दै र पन्चे बाजा तथा रत्यौलीका भाका सुन्दै हुर्किएको, प्रकृति नै आफ्नो संगीतको गुरु रहेको, अरुको पाइला पछ्याउन नचाहेको बताएका...

Read More

‘प्रयोग भएको मास्क जथाभावी फाल्दा जाेखिम बढ्याे’

चितवन । कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् । मास्कको भित्रि भागमा थुक, र्याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ । कोरोना सङ्क्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको...

Read More

अष्ट्रेलियाबाट आयोजित अनलाइन तीज नृत्य प्रतियोगीताका उत्कृष्ट १० प्रतियोगीको भिडियो सामाजिक संजालमा

मेलबर्न। अष्ट्रेलियाबाट आयोजित अनलाइन तीज नृत्य प्रतियोगिताका उत्कृष्ट १० प्रतियोगीको भिडियो सामाजीक संजालमा रखिएको छ। अष्ट्रेलिया, नेपाल र न्युजिल्याण्डबाट सहभागी भएका प्रतियोगीहरु मध्येबाट उत्कृष्ट प्रस्तुती सहितका भिडियोहरु NepAus Crew र Gulmi Samaj Victoria को फेसबुक पेजहरुमा राखिएको हो। गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुले संयुक्त रुपमा आयोजना गरिएको प्रतियोगितामा अगस्ट १९ सम्म भिडियो पठाउनको लागि अनुरोध गरिएको थियो। ती प्राप्त भिडियो मध्येबाट बम बहादुर कार्की, मन्जु पौडेल, सायद श्रेष्ठ, कृति खनाल, विदुर सिवाकोटी सहितको निर्णायक मण्डलले उत्कृष्ट दश भिडियो छनोट गरेको हो। ती भिडियोलाई कतिले मन पराउँछन् अर्थात लाइक, कमेन्ट, सेयर कति हुन्छ त्यसलाई मूल्यांकनमा जोडिनेछ। आयोजकका अनुसार, सामाजिक...

Read More

काठमाडौं उपत्यकामा एकैदिन २०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई सय मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन वटै जिल्लामा बिहीबार दुई सय जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने  ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ...

Read More

पहिलो खेलमै सन्दीपले लिए विकेट

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो । सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ गरे । सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । नवौँ ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा आठ रन दिए । त्यसपछि ११ औं ओभरमा सन्दीपले तीन रन मात्रै खर्चे । यस्तै खेलको १३औं ओभरमा उनले आठ रन दिए ।...

Read More