Day: ३ भाद्र २०७७, बुधबार १७:४८

अक्टोबरमा आयोजना गरिएको तास्मानिया क्रिकेट लिगको ए ग्रेड खेल्ने तयारीमा नेपाली खेलाडीहरु

३ भदौ, तास्मानिया  विगत दुई वर्षदेखि अष्ट्रेलियाको तास्मानिया राज्यमा अवस्थित लन्चेस्टनमा क्रिकेट खेल्दै आएका नेपाली खेलाडीहरु अहिले एकदमै उत्साहित छन् ।नहोउन् पनि किन, स्थानीय टिमविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्दै आएका उनीहरु यही अक्टोबरमा आयोजना गरिएको तास्मानिया क्रिकेट लिगको ए ग्रेड खेल्ने तयारीमा जुट्दैछन् । गत वर्ष तास्मानिया क्रिकेट लिगले आयोजना गरेको ए रिजर्भमा खेलिएका १० टिमहरुमध्ये पहिलो खेलमै उत्कृष्ट तीनमा पर्न सफल भई लन्चेस्टन नेपाली क्रिकेट क्लब ग्रेड ए खेल्न छनोट भएको थियो । क्रिकेटको आफ्नै टिम बनाएर लिग खेल्ने यो नेपाली क्लब सम्भवतः अष्ट्रेलियाकै पहिलो नेपाली क्रिकेट टिम हो । ‘अब हाम्रो लक्ष्य भनेको प्रिमियर खेल्नु हो,’ टिम...

Read More

अष्ट्रेलियावासी चालिसे दम्पत्तिद्वारा छोरीहरुको जन्मदिनको अवसरमा क्रिकेट मैदान निर्माणमा सहयोग

मेलबर्न। अष्ट्रेलियावासी चालिसे परिवारले छोरीहरुको जन्मदिनको अवसरमा क्रिकेट मैदान निर्माणका लागि सहयोग प्रदान गरेका छन्। मेलबर्नवासी सुशील चालिसे र पत्नी अनिता भण्डारी चालिसेले छोरीहरुको जन्मदिनको अवसरमा गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोग प्रदान गरेका हुन्। चालिसे दम्पत्तिले जेठी छोरी शायनाको पहिलो जन्मदिन देखि नै सामाजिक संस्थालाई सहयोग प्रदान गर्दै आएका छन्। दोस्रो छोरी समिका चालिसेको जन्म पछि पनि यो शुभ कार्यलाई निरन्तरता दिंदै उनीहरुले छोरीहरुको हरेक वर्षको जन्मदिनमा नेपाली समुदाय तथा नेपालको हितमा क्रियाशील विभिन्न संस्थालाई आर्थिक सहयोग गर्दै आएका छन्। जस अनुसार, उनीहरुले छोरीहरुको यस वर्षको जन्मदिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली...

Read More

कक्षा ११ मा भर्नाको निधो भदौ १५ पछि मात्र हुने

राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिए । उनले भने, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’’ सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ । गोरखापत्रमा खबर छ...

Read More

आज कुशे औंशी, बुवाको मुख हेर्ने दिन

आज भाद्र कृष्ण औंशी अर्थात् कुशे औंशी । हिन्दु धर्मावलम्विहरुले वर्षभरि देवकार्य तथा पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने वनस्पति कुश घर घरमा भित्र्याउँदै छन । शास्त्रोक्त विधि अनुसार ब्राह्णद्धारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरुले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । बुवा को मुख हेर्ने दिनका रुपले पनि चिनिने यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिष्ठान्न तथा भोजन खुवाई उपहार दिएर आदर सम्मान प्रकट गर्ने गर्दछन् । कामका सिलसिलामा घरदेखी टाढा रहेका छोराछोरीहरुले भने  टेलीफोन गरि बुवा लाई संझेका छन् । फेसवुक, ट्वीटर जस्ता समाजिक सञ्जालमार्फत पनि...

Read More

चारकुने फ्रेमभित्रका मेरा बाबा

–कामना न्यौपाने शीर निहुराई, जब म ढोगेर उठ्छु, मुस्कुराइरहेका मेरा बाबा पाउँछु, त्यो चारकुने फ्रेमभित्र, अगाडि बलिरहेको दियोसँगै । सोंच्छु, मेरा थपिदै गरेका वर्षसँगै हजुरको आशिर्वाद लिन पाए ! कर्तव्य, जिम्मेवारीका बीच हजुरले गुजारेका वर्षहरुका ती अनुभवहरु सुन्न पाए ! तर पनि म त हजुरकी भाग्यमानी छोरी हुँ बाबा । बेपत्ता पारिएका ती बाबुहरुका सन्तानहरुले अनिश्चतताको बाटो हेर्दै गर्दा, म त हजुरलाई सम्झेर तर्पण दिन सकेकी छु । बाबाको अनुहार हेर्न नपाई टुहुरा बनेका छोराछोरीले काल्पनिक चित्र कोर्दै गर्दा, हातमा बाबुछोरीको तस्विरसंगै म केहि क्षण मुस्कुराएकी छु । बाबालाई अकालमा मारिएको त्यो घटना सम्झनेहरूको भिडमा, म त हजुरसँग बिताएका...

Read More