Day: २ भाद्र २०७७, मंगलवार १५:१४

बुधबार रातिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा !

कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो। उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ...

Read More

राष्ट्रकवि माधव घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।  १९७६ साल असोज ७ गते लमजुङमा जन्मेका घिमिरेको १ सय १ वर्षको उमेरमा मंगलवार मृत्यु भएको हो । घिमिरे सरकारले राष्ट्र कविको उपाधी दिएका कवि हुन् । घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको बताइएको छ...

Read More

अष्ट्रेलियाबाट आयोजित अनलाइन तीज नृत्य प्रतियोगितामा भिडियो पठाउने बुधबार अन्तिम दिन

मेलबर्न। अष्ट्रेलियाबाट आयोजित अनलाइन एकल तीज नृत्य प्रतियोगितामा भाग लिन चाहनेहरुले भिडियो पठाउनको लागि भोलि अन्तिम दिन रहेको छ। प्रतियोगिता गुल्मी समाज अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजनामा हुन लागेको हो। प्रतियोगितामा नेपाल, अष्ट्रेलिया र न्युजिल्याण्डबाट भाग लिन सकिने उल्लेख गर्दै हालसम्म उत्साहजनक रुपले प्रतियोगीबाट भिडियो आइरहेको आयोजकले जनाएका छन्। प्रतियोगितामा भाग लिन चाहनेहरुले अगस्ट १९ को दिन दिउँसो ४ बजे सम्ममा [email protected] मा आफ्नो नाम, ठेगाना, देश र उमेर उल्लेख गरि आफ्नो एकल नृत्य प्रस्तुति रहेको भिडियो पठाउनु पर्नेछ। भिडियोमा नेपाली पहिरन लगाएको हुनुपर्नेछ र सुरुमा बढीमा बीस देखि तीस सेकेन्डको आफ्नो परिचय दिनुपर्नेछ। प्रतियोगी तेह्र वर्ष माथि...

Read More

जापानमा पारदर्शी र रङ्गीन सिसाले बनेका सार्वजनिक शौचालय

एजेन्सी। जापानको एक पार्कमा पारदर्शी र रङ्गीन सिसाले बनेका सार्वजनिक शौचालय प्रयोगमा आउन थालेका छन्। टोक्योको पब्लिक पार्कमा निर्माण गरिएका ती शौचालय अवार्ड विजेता आर्किटेक्ट Shigeru Ban ले अन्य आर्किटेक्टसंगको सहकार्यमा डिजाइन गरेका हुन्। शौचालय निर्माणमा प्रयोग गरिएका सिसा ‘स्मार्ट ग्लास’ रहेको बताइएको छ। शौचालय भित्र गएर दिशा-पिसाब गर्ने ठाउँमा पुगेपछि सिसा पारदर्शीबाट अँध्यारो बन्न जान्छ र बाहिरबाट कसैले पनि देख्न सक्दैन। निप्पोन फाउन्डेसनले निर्माण गरेका ती शौचालय सरसफाई र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको बताइएको छ। पारदर्शी हुनाले शौचालयको सरसफाईको बारेमा बाहिरबाट नै थाहा हुन्छ। त्यस्तै, भित्र कोही गएको छ भने बाहिरबाट अर्को व्यक्तिलाई थाहा हुन सक्छ। संस्थाले...

Read More

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एक जनालाई प्रहरीले पक्रेको छ । राष्ट्रिय झण्डा जलाएर त्यसलाई भिडियो बनाएर सार्वजनिक गर्ने  इजास लिम्बु पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी भिडिओका ‘क्यामेराम्यान’ हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङ लगायत म्युजिक भिडियो बनाउन संलग्न अन्य सबैलाई प्रहरीले खोजी गरिरहेको...

Read More