Day: १ भाद्र २०७७, सोमबार ११:२८

साउथ अष्ट्रेलियाद्वारा अर्को महिना सयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फिर्ता ल्याउने तयारी

एडलेड। साउथ अष्ट्रेलिया सरकारले अर्को महिना सयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फिर्ता ल्याउने तयारी गरेको छ। राज्य सरकारले पाइलट प्रोजेक्ट अन्तर्गत विद्यार्थीहरु ल्याउने तयारी गरेको हो। उक्त पाइलट प्रोजेक्ट अनुसार, सुरुमा ३ सय अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई साउथ अष्ट्रेलियाले स्वागत गर्नेछ। उनीहरुको स्वास्थ्य जांच गरि ल्याइने र दुई हप्तासम्म सबै विद्यार्थीलाई क्वारेन्टिनमा राख्ने बताइएको छ। ती ३ सय विद्यार्थीलाई सरकारले कसरी व्यवस्था गर्न सक्छ र कोरोना संक्रमणको अवस्था कस्तो रहन्छ, सोही आधारमा बाँकी विद्यार्थीहरुको बारेमा निर्णय लिइने सरकारले जनाएको छ। यस पाइलट प्रोजेक्टको लागि सेप्टेम्बरमा सिंगापुरका ३ सय विद्यार्थीलाई ल्याइने बताइएको...

Read More

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहत, मोरङ र काठमाडौंमा गरी तीन जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ...

Read More

अष्ट्रेलियामा सेनिटाइजरको अत्यधिक प्रयोगले ६ वर्षिया बालिका अस्पताल भर्ना

सिड्नी। सेनिटाइजरको अत्यधिक प्रयोगले ६ वर्षिया बालिका अस्पताल भर्ना भएकी छिन्। ती बालिका मात्र नभई न्यु साउथ वेल्स पोइजन इन्फर्मेसन सेन्टरमा बालबालिकामा सेनिटाइजरका कारण स्वास्थ्य समस्या देखिएको भन्दै अहिलेसम्म हजारौं फोनकल आएको बताइएको छ। सेनिटाइजरमा इथानोल नामक अल्कोहल हुन्छ। तर सेनिटाइजरलाई सुगन्धित बनाउनको लागि विभिन्न ब्राण्डले सुगन्धित सेनिटाइजर बजारमा ल्याएका छन्। बालबालिकाहरुले सेनिटाइजर अत्यधिक हातमा दल्ने र औंला नाकभित्र लैजाने, कहिले हातमा लगाइसकेपछि त्यो सुगन्धले गर्दा हात चाट्ने र कसैले सेनिटाइजर खाने समेत गरेका कारण समस्या देखिएको हो। ती ६ वर्षिया बालिका खेल्दा खेल्दै बोल्न अप्ठ्यारो महसुस गरेकी थिइन्। उनको सासमा सेनिटाइजरको वासना आएको उनकी दिदीले बताएकी थिइन्। त्यस...

Read More

अष्ट्रेलियामा कार्यरत नेपाली नर्स सावित्रा पाण्डेको अनुभव: हस्पिटलमा भन्दा सपिङ्ग जाँदा जोखिम बढी

नेपाली मुलकी सावित्रा पाण्डे हाल अष्ट्रेलियाको मेलबर्न स्थित पब्लिक अस्पतालमा नर्सको रुपमा कार्यरत हुनुहुन्छ। कोरोना भाइरस संक्रमणले निम्त्याएको वर्तमान अवस्थामा समेत उहाँ अस्टिन अस्पतालमा बिरामीको हेराचाह गरिरहनुभएको छ। साथै, समुदायमा फैलिरहेको संक्रमणलाई कम गर्न मद्दत गर्ने उद्देश्यले उहाँले घरमा आफैले मास्क र स्क्रब क्याप बनाएर नि:शुल्क वितरण समेत गरिरहनुभएको छ। हाल संक्रमणको यो अवस्थामा सावित्रा पाण्डे आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ : कोरोना भाइरस संक्रमणको सुरुवाती अवस्थामा डर लागेको थियो। अस्पतालमा अब कस्तो स्थिति आउने हो, बिरामीबाट सर्ने पो हो कि, मैले गर्दा परिवारमा पनि सर्छ कि भन्ने सोंचले म निकै नर्भस थिएँ। अस्पतालमा एक / दुई बिरामीमा कोरोना पोजेटिभ...

Read More

अष्ट्रेलियाको मेलबर्नमा वुलवर्थको अर्को स्टोरका स्टाफमा पनि देखियो कोरोना संक्रमण

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा वुलवर्थ सुपर मार्केटको एर्को एक स्टोरका स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। Plenty Valley वुलवर्थका एक जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको हो। सुपरमार्केटका अनुसार, ती स्टाफले अन्तिम दिन अगस्ट ९ मा काम गरेका थिए। स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि थप सुरक्षा तथा सरसफाईको लागि स्टोर केही समयको लागि बन्द गरिएको बताइएको...

Read More