Day: २५ श्रावण २०७७, आईतवार ०२:१९

एक करोड २४ लाखको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ

साउन २५,धनुषा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रूपैयाँ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट शनिबार पक्राउ गरेको छ। उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेको आयोगले जनाएको छ। पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) हुन्।प्रक्रिया नै नपुर्‍याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही...

Read More

अष्ट्रेलिया र वेस्ट इन्डिजबीच हुने भनिएको टि–२० सिरिज स्थगित

काठमाडौं । कोरोना भाइरसको सक्रमणका कारण अष्ट्रेलिया र वेस्ट इन्डिजबीच हुने भनिएको टि–२० सिरिज स्थगित भएको छ। सिरिज अष्ट्रेलियामा अक्टोबर ४, ६ र ९ मा हुने तय थियो। सिरिजलाई अक्टोबर १८ देखि हुने टि–२० विश्वकपको अभ्यासको रुपमा लिइएको थियो। तर विश्वकप स्थगित भएपछि सिरिजलाई पनि स्थगित गरेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ। टि–२० विश्वकप २०२१ सम्मका लागि सारिएको छ। टि–२० सिरिज स्थगित भएसँगै इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि बाटो खुलेको छ। आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईका ३ सहरमा...

Read More