Day: २४ श्रावण २०७७, शनिबार १३:२९

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, २४ साउन पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उहाँले बताउनुभयो...

Read More

अस्ट्रेलियाको शिक्षा र विद्यार्थीको आकांक्षा

‘स्किल’ अंग्रेजीको यो शब्दले योग्यता र दक्षतालाई जनाउँछ। त्यही शब्दबाट ‘एस’ झिकिदिने हो भने ‘किल’ अर्थात मार्नु र मर्नु समेत हुन जान्छ। यतिखेर अस्ट्रेलियाको शैक्षिक क्षेत्रमा रहेका धेरै विद्यार्थीको ‘स्किल’ नै ‘किल’ भएको अवस्था छ। राम्रो अंक ल्याएर डाक्टर, इन्जिनियर, प्राध्यापक र वैज्ञानिक बन्ने सपना बोकेका युवाहरु यता आएर उबर र क्लिनर, फार्म र जाम अनि रिजनल र सिजनल प्वाइन्टको चक्करमा फसेको देखिन्छ। अस्ट्रेलियामा मात्र ६५ हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन्। अस्ट्रेलिया बाहेक, अमेरिका, बेलायत, जापान, न्युजिल्यान्ड र युरोपियन देशहरुमा पनि हजाराैं युवाहरु उच्च अध्ययनमा छन्। एसएलसी र १२ कक्षामा ‘डिस्टिङसन’ अंक प्राप्त सर्टिफिकेट पाएका, डाक्टर, इन्जिनियर...

Read More

मुकेश अम्बानी बने विश्वको चौथो धनाढ्य

साउन २४, नयाँ दिल्ली भारतीय व्यापारी मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बनेका छन् ।ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार शुक्रवार यूरोपेली लक्जरी कम्पनी लुईं भुँट्टोका मालिक बर्नार्ड आर्नल्टलाई उछिन्दै उनी सो स्थानमा उक्लिएका हुन् । बिलेनियर्स इन्डेक्स अनुसार शुक्रवार अम्बानीको नेटवर्थ ३२ करोड ६० लाख डलरले बढी ८० अर्ब ६० करोड डलरमा पुगेको थियो । उक्त दिनको कारोबारमा आर्नल्टको नेटवर्थ भने १ अर्ब २४ करोड डलर घटेर ८० अर्ब २० करोड डलरमा झरेको थियो । यस वर्ष अम्बानीको सम्पत्ति २२ अर्ब डलर थपिएको छ । सोही अवधिमा आर्नल्टको नेटवर्थ २५ अर्ब १० करोड डलरको कमी आएको छ । हालैका हप्तामा अम्बानीले...

Read More

पर्वतमा सलहको आतंक

काठमाडौं, साउन २४  पर्वतको कुस्मा नगरपालिका–१, पाङमा एक सातायता सलह कीराले बालीनाली नष्ट गरिरहेको छ । लाखौंको संख्यामा रहेका सलहले भर्खरै रोपेको कोदो, धानदेखि भित्र्याउने बेलाको मकै सखाप पार्न थालेका छन् । तरकारी बालीमा समेत सलहले क्षति गरेको छ । ‘हरियो कोदोको बोट सबैभन्दा धेरै मन पराउँदो रहेछ’–स्थानीय दीपक सुवेदी भन्नुहुन्छ–‘त्यसपछि मकै र धानमा बढी बसेको छ । कोदोको नल र मकैको त डाँठसमेत नछोडी खाने रहेछ ।’उहाँले आफूहरु सबै काम छोडेर बिहानैदेखि भाँडाकुँडा लिएर लखेट्न जाने गरेको सुनाउनुभयो । ‘धेरै ठूलो हुलमा आएकोले एकातिरबाट लखेटेर धपायो, अर्कोतिर गएर बस्छ’–उहाँले भन्नुभयो–‘दिउँसो खेतबारीमा आउँछ । राति नजिकैको जंगलमा बस्छ ।...

Read More

प्रतिव्यक्ति नेपालीकोे ऋणभार १२ हजार थपियो

काठमाडौं, साउन २४  सरकारको अनावश्यक क्षेत्रमा खर्च बढ्दा वैदेशिक ऋणको आकार वर्षेनि बढिरहेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकले पूर्वाधार विकासका लागि वर्षेनि अर्बाैं रकम विभिन्न बहुपक्षीय तथा द्विपक्षीय सहयोग तथा अनुदान लिने गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा १४ खर्ब १८ अर्ब रुपैयाँ ऋण पुगेको छ । यस अवधिमा कुल ऋणको ५३ प्रतिशत अर्थात् आठ खर्ब पाँच अर्ब वैदेशिक ऋण छ भने छ खर्ब १३ अर्ब अर्थात् कुल ऋणको ४७ प्रतिशत आन्तरिक ऋण छ ।केन्द्रीय तथ्यांक विभागकाअनुसार शनिबारसम्म नेपालको जनसंख्या तीन करोड ४५ हजार ३४२ रहेको छ । यो तथ्यांकलाई आधार मान्दा एकजनाको भागमा कुल ऋण दायित्व...

Read More