Day: २१ श्रावण २०७७, बुधबार १२:४९

अष्ट्रेलियावासी उज्ज्वलको यस्तो छ ‘उपदेश’

मेलबर्न। अष्ट्रेलियावासी उज्ज्वल घिमिरे ( UjK ) ले भाग्यमा लेखेको यस्तै रहेछ भनि बस्ने होइन, मैले आफूले चाहे अनुसारको भाग्य लेख्नेछु भन्ने अठोट लिनुपर्ने संदेश दिएका छन्। उक्त संदेश उनले आफ्नो नयाँ गीत ‘ उपदेश’ मार्फत दिन खोजेका हुन्। गीतको शब्द रचना आफैले गरेका UjK ले यो उपदेश आफैले आफैलाई दिएको बताएका छन्। त्यस्तै, गीतमा संगीत डेभिनको रहेको छ भने संगीत संयोजन तथा भिडियो सिर्जना सौरभ ठकुरी ( मिस्टा चाम्लिङ्ग ) ले गरेका छन्। UjK संगै मिस्टा चाम्लिङ्गको पनि प्रस्तुति रहेको गीतको म्युजिक भिडियो UjK को अफिसियल च्यानल मार्फत सार्वजनिक भएको...

Read More

सुनको मूल्य तोलाको १ लाख १ हजार ४ सय

सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो । चाँदीको मूल्य पनि तोलामा ६५ रूपैयाँले बढेको छ। चाँदीको प्रतितोला मूल्य १२९५ रूपैयाँ तोकिएको...

Read More

अष्ट्रेलियाको भिक्टोरियावासी नेपालीहरुमा पनि फैलियो संक्रमण, संक्रमितको सहयोगमा जुट्दै नेपाली संस्थाहरु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमण फैलिरहेको छ। यसैबीच ३४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक भएको हो। त्यस्तै, ५४ जना सेल्फ आइसोलेसनमा रहेका छन्। यो तथ्यांक सम्पर्कमा आएका व्यक्तिहरुको मात्र रहेको र सम्पर्कमा नआएका अन्य धेरै संक्रमित छन् भन्ने थाहा हुनआएको समितिले जनाएको छ। एनआरएनए अष्ट्रेलिया, भिक्टोरिया स्थित महावाणिज्यदुतको कार्यालय, न्याभ लगायत नेपाली संस्थाहरु र नेपाली समुदायका अगुवाहरु रहेको समितिले तथ्याङ्क सार्वजनिक गरेको हो। संक्रमित मध्ये १९ जना महिला र १५ जना पुरुष छन्। धेरैजना ३० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ। आइसोलेसनमा रहेका व्यक्तिहरु भने संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका कारण आइसोलेसनमा बसेका हुन्।...

Read More

लेबनानको राजधानीमा शक्तिशाली बिस्फोटः कम्तीमा ७८ जनाको मृत्यु, ४ हजार भन्दा बढी घाइते

लेबनानको राजधानी बेरुतमा शक्तिशाली बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटबाट घाइतेहरुले स्थानीय अस्पतालहरु भरिएका छन् भने कैयौं भवनहरु क्षतिग्रस्त भएका छन्। भिडियोहरुमा आगोको मुस्लो आकाशमा धेरै माथिसम्म गएको देखिएको थियो। बिस्फोट २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो। अधिकारीका अनुसार भारी बिस्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै  २ हजार ७ सय ५० टन बिस्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिस्फोट कसरी भयो यसको अनुसन्धान जारी...

Read More

अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा बढ्दो ,श्रीमान द्वारा युवतिमाथि अत्याचार

मेलबर्न , २१ साउन अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीलाई आफ्नै श्रीमानले अत्याचार गरेको भेटिएको छ । सिड्नीको बरवुडमा बस्दै आएकी २६ वर्षीय युवतीमाथी उनकै श्रीमानले विगत १ वर्षदेखि अत्याचार गर्दै आएको युवतीकी दाईले बताएका छन् । युवतीलाई पीडक युवकले दिनहु कुटपिट गर्ने, इच्छा विपरित जवरजस्ती यौन सम्बन्ध राख्ने, धारिलो हतियार देखाएर तर्साउने र कमाएको पैसा पनि कब्जा गर्दै आएको युवतीले आफ्नी भाउजुलाई बताएकी छिन् । गत अप्रिलमा युवती सिड्नीको क्याम्पसीमा बस्दै आएका आफ्ना दाजु भाउजुकोमा गएर सबै कुरा बताएपछि यो घटना प्रहरीसम्म पुगेको थियो । दाजुभाउजुको सहयोगमा ती युवतीले होमबुस प्रहरीमा आफ्ना श्रीमान विरुद्ध घरेलुहिंसाको उजुरी दिएकी छिन् ।...

Read More